भारतसँगको टी–२० सिरिजका लागि दक्षिण अफ्रिकाको टोली घोषणा

Image

काठमाडौं ।

भारतविरुद्धको टी–२० सिरिजका लागि दक्षिण अफ्रिका क्रिकेट बोर्डले टोली घोषणा गरेको छ । बोर्डले पाँच खेलको सिरिजका लागि मंगलबार तेम्बा बावुमाको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो ।

जुन ९ देखि जुन १९ सम्म हुने यो सिरिजका लागि तीव्र गतिका बलर एनरिक नोर्टजे टिममा फर्किएका छन् । उनी चोटका कारण केही समय मैदान बाहिर थिए । तर, आईपीएलमा फिट भएपछि खेलमा फर्किएपछि नोर्टजेलाई दक्षिण अफ्रिकी टोलीमा समावेश गरिएको हो ।

त्यस्तै, टिममा युवा खेलाडी ट्रिस्टन स्टब्स पहिलोपटक टोलीमा समावेश भएका छन् । घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेपछि उनी टिममा समावेश भएका हुन् । स्टब्सले घरेलु टी–२० प्रतियोगितामा ७ खेलमा २९३ रन बनाएका थिए । उनले केही दिनअघि मुम्बई इण्डियन्सबाट आईपीएल डेब्यूसमेत गरेका थिए ।

‘बेबी एबी डिभिलियर्स’को नामले परिचित युवा ब्याटर डेवाल्ड ब्रेभिसले भने टोलीमा मौका पाएनन् । भारत र दक्षिण अफ्रिकाबीचको सिरिजको पहिलो खेल ९ जुनमा दिल्लीमा हुनेछ । त्यस्तै, १२ जुनमा दोस्रो, १४ जुनमा तेस्रो टी–२०, १७ जुनमा चौथो र पाँचौं म्याच १९ जुनमा हुनेछन् । सिरिज भारतमा हुनेछ ।

भारत भ्रमण गर्ने दक्षिण अफ्रिकी टोली : टेम्बा बावुमा (कप्तान), क्विन्टन डी कक, रीजा हेन्ड्रिक्स, हेनरिक क्लासेन, केशव महाराज, एडन मार्करम, डेविड मिलर, रस्सीभानडर दुसेन, कागिसो रबाडा, तबरेज शम्सी, लुंगी एनगिडी, एनरिक नोर्टजे, वेन पार्नेल, ड्वेन प्रिटोरियस, मार्को यान्सेन र ट्रिस्टन स्टब्स ।