युरोपा लिगको उपाधि फ्रान्कफर्टलाई

Image

काठमाडौं ।

इंग्लिस क्लब रेन्जर्सलाई पेनाल्टीमा हराउँदै जर्मन क्लब फ्रान्कफर्टले युरोपा लिग फुटबलको उपाधि जितेको छ । बुधबार राति फाइनलमा रेन्जर्सलाई पेनाल्टी सुटआउटमा ५-४ अन्तरले हराउँदै फ्रान्कफर्ट च्याम्पियन बनेको हो ।

१९८० पछि फ्रान्कफुर्टलाई युरोपाको च्याम्पियन बनाउन टाइब्रेकरमा क्रिस्टोफर लेन्ज, एज्डिन रुस्टिक, दाइची कामदा, फिलिप कोस्टिक र राफयल सान्तोष बोरले गोल गरे । रेन्जर्सका जेम्स टाभेनिएर, स्टेभन डाभिस, स्कट अरफिल्ल र केमार रोफीले गोल गर्दा आरोन राम्सेले गोल गर्न सकेनन् ।

त्यसअघि प्रतिस्पर्धात्मक बनेको निर्धारित समयको खेलको दोस्रो हाफमा रेन्जर्सले सुरुवाती अग्रता लिएको थियो । ५७औं मिनेटमा जोइ एरिवोको गोलबाट रेन्जर्सले अग्रता लिएको थियो । तर, रेन्जर्सको अग्रता लामो समय टिकेन ।

खेलको निर्धारित र थप गरिएको अतिरिक्त समय १-१ गोलको बराबरीमा सकिएपछि खेलको छिनोफानो पेनाल्टीमा भएको थियो । फ्रान्कफर्ट सन् १९९७ पछि युरोपा लिग जित्ने पहिलो बुन्डेसलिगा क्लब बन्यो ।

६९औं मिनेटमा राफेल सान्तोसले गोल गर्दै फ्रान्कफर्टलाई १-१ गोलको बराबरीमा ल्याए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल अतिरिक्त समय हुँदै टाइब्रेकरमा लम्विएको थियो । टाइब्रेकरमा चौथो पेनाल्टीमा रेन्जर्सका आरोन राम्से चुक्दा रेन्जर्स पछि परेको थियो ।

त्यसपछि फ्रान्कफुर्टले चौथो र पाँचौ पेनाल्टीमा गोल गर्दै टोलीलाई च्याम्पियन बनाए । पाँचौ पेनाल्टीमा रेन्जर्सका केमार रोफीले गोल गरेपनि च्याम्पियन बन्न पर्याप्त रहेन ।