काठमाडौं ।
नेपाल पुलिस क्लबले भारतको सिक्किममा बिहीबार देखि सुरु हुने तेस्रो संस्करणको कन्चनजंगा शिल्ड ए डिभिजन क्रिकेट लिग खेल्ने भएको छ । दुई आमन्त्रिण टोलीमा नेपालबाट पुलिस र कोलबाताबाट राजस्थान क्लब खेल्नेछन् ।
सक्किम क्रिकेट बोर्डले आयोजना गर्ने उक्त प्रतियोगितामा रणजी ट्रफी खेलेका अनुभवी खेलाडी पनि खेल्नेछन् । पुलिसले दोस्रो पटक यस प्रतियोगिता खेलेको हो । पुलिसले गत वर्ष अपराजित रहँदै फर्किएको थियो । आमन्त्रिण टोली हुँदा सेमिफाइनल र फाइनल भने खेल्न पाउने छैन ।
पुलिस समूह ए मा छ । पुलिसको समूहमा स्थानीय एचआरसीसी नाम्ची, रोयल नर्थ ब्रोर्दश, अलपाइनल स्र्पोटिङ क्लब, युक्सम क्यापिटल्स छन् । पुलिसले आजनै एचआरसीसीसँग खेल्दै सुरुवात गर्नेछ । पुलिसको टोलीमा अनिल कुमार शाह, योगेन्द्रसिंह कार्की, राशिद खान, प्रेम तामाङ, प्रतिश जि.सी र शंकर राना लगायतका खेलाडी छन् ।
खेल तालिका














