ओरेन्ज क्याप दौड : तेस्रोमा उक्लिए डिकक, यस्तो छ अन्य ब्याटरको स्थान

Image

काठमाडौं ।

भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) मा सर्वाधिक रनकर्ता अर्थात ओरेन्ज क्याप दौडमा क्विन्टन डिकक तेस्रो स्थानमा उक्लिएका छन् । गएराति सम्पन्न खेलमा कोलकाता नाइट राइडर्स (केकेआर) विरुद्ध अविजित १४० रन बनाएसँगै उनी तेस्रो स्थानमा उक्लिएका हुन् ।

लखनउ सुपर जायन्ट्सबाट लिग खेलिरहेका डिककले १४ म्याचमा एक शतक र तीन अर्धशतकसहित १४९.४० को स्ट्राइक रेटमा ५०२ रन बनाएका छन् । जारी सिजनमा सर्वाधिक रन बनाउने सूचीको शीर्ष स्थानमा भने राजस्थान रोयल्सका जोस बटलर छन् ।

उनले १३ म्याचमा तीन शतक र तीन अर्धशतकको मद्दतमा ६२७ रन बनाएका छन् । बटलरले यसपालि १४८.२२ को स्ट्राइक रेटमा ब्याटिङ गरिरहेका छन् । त्यस्तै, यो सूचीको तेस्रो स्थानमा लखउका कप्तान केएल राहुल छन् । उनले १४ खेलमा तीन अर्धशतक रएक शतकको मद्दतमा ५३७ रन बनाएका छन् ।

ओरेन्ज क्याप दौडको चौथो स्थानमा दिल्ली क्यापिटल्सका डेविड वार्नर छन् । उनले ११ म्याच खेल्दा पाँच अर्धशतकसहित ४२७ रन बनाएका छन् । त्यस्तै, पञ्जाब किंग्सका शिखर धवन पाँचौं स्थानमा छन् । उनले १३ खेलमा तीन अर्धशतकसहित ४२१ रन बनाएका छन् ।

यो सूचीको छैटौं स्थानमा दीपक हूडा छन् । उनले १४ खेलमा १३३.५५ को स्ट्राइट रेटमा चार अर्धशतकको मद्दतमा ४०६ रन बनाएका छन् । गुजरात टाइटन्सका शुभमन गिल यो सूचीको सातौं स्थानमा छन् । उनले १३ खेलमा चार अर्धशतकको सहयोगमा १३५.३५ को स्ट्राइक रेटमा४०२ रन बनाएका छन् । त्यस्तै, आठौं, नवौं र दशौं स्थानमा क्रमशः श्रेयस अय्यर (४०१), फाफ डुप्लेसिस (३९९) र राहुल त्रिपाठी (३९३ रन) बनाएका छन् ।

६६ म्याच सकिँदा सर्वाधिक रन बनाउने १० ब्याटर :