एसियन कपका लागि नेपालको टोली घोषणा, यी खेलाडीले पाए मौका

Image

काठमाडौं ।

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले एएफसी एसियन कप २०२३ छनोटका लागि अन्तिम टोली घोषणा गरेका छन् । कुवेतका हुने प्रतियोगिताका लागि अल्मुताइरीले आज २३ सदस्यीय टोली घोषणा गरेका हुन् । टोलीमा कप्तान तथा गोलरक्ष किरण चेम्जोङलाई समावेश गरिएको छैन ।

बन्द प्रशिक्षणबाट बाहिरिने खेलाडीको पक्षमा समर्थन जनाएपछि उनलाई टोलीमा समावेश नगरिएको बुझिएको छ । एएफसी एसियन कप २०२३ छनोटको समूह ‘ए’ मा नेपालले जोर्डन, कुवेत र इन्डोनेसियासँग खेल्नेछ ।

नेपालले आफ्नो पहिलो खेल जुन ८ मा जोर्डनसँग खेल्नेछ । नेपालले दोस्रो खेलमा जुन ११ मा कुवेतसँग खेल्नेछ । तेस्रो खेलमा नेपालले १४ जुनमा इन्डोनेसियाको सामना गर्नेछ ।

नेपालको टोली गोलकिपरः दीप कार्की, विशाल सुनार, टिकेन्द्र सिंह थापा । डिफेन्डरः विकास खवास, विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ, सुमन अर्याल ।

मिडफिल्डरः आकाश बुढा मगर, अरिक विष्ट, निरकुमार राई, पुजन उपरकोटी, रोशन राना मगर, सन्तोष तामाङ, सेसेहाङ आङ्देम्बे, सुनिल बल, सुरज जेउ ठकुरी । फरवार्डः आयुष घलान, दर्शन गुरुङ, जर्ज प्रिन्स कार्की, मनिष डाँगी, नवयुग श्रेष्ठ ।