काठमाडौं ।
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले वेस्ट इन्डिज विरुद्धको घरेलु एकदिवसीय शृंखलाका लागि टोली घोषणा गरेको छ । बोर्डले बाबर आजमको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो ।
चोटका कारण अष्ट्रेलियाविरुद्धको सिरिज गुमाएका उपकप्तान शादब खान टिममा फर्किएका छन् । हरिस रउफ, हसन अली, मोहम्मद रिजवान र शादब हाल इङ्लिस काउन्टी च्याम्पियनसिपमा खेलिरहेका छन् । उनीहरू छिट्टै टोलीमा जोडिने छन् ।
वेस्ट इन्डिजको टोली डिसेम्बर २०२१ मा तीन टी–२० र तीन एकदिवसीय सिरिज खेल्न पाकिस्तान गएको थियो । तर, उसले एकदिवसीय शृंखला मात्र खेलेको थियो । कोरोनाका कारण एकदिवसीय शृंखला स्थगित गर्नु परेको थियो ।
अब दुवै देशका बोर्डको आपसी सहमतिमा एकदिवसीय सिरिज खेलाइन लागिएको हो । वेस्ट इन्डिजले यसअघि नै निकोलस पूरनको कप्तानीमा टोली घोषणा गरिसकेको छ । पाकिस्तान र वेष्ट इण्डिजबीचको तीन खेलको एकदिवसीय सिरिज जुन ८, १० र १२ मा रावलपिण्डी क्रिकेट स्टेडियममा हुनेछ ।
एकदिवसीय सिरिजको लागि पाकिस्तानको टोली : बाबर आजम (कप्तान), शादाब खान, अब्दुल्ला शफिक, फखर जमान, हरिस रउफ, हसन अली, इफ्तिखार अहमद, इमाम उल हक, खुशदिल शाह, मोहम्मद हरिस, मोहम्मद नवाज, मोहम्मद रिजवान, मोहम्मद वसीम जुनियर, शाहीन शाह अफ्रिदी, शाहनवाज धानी र जाहिद महमूद ।














