काठमाडौं ।
भारतीय क्रिकेट टोलीका विकेटकिपर/ब्याटर ऋषभ पन्तलाई हरियाणाका क्रिकेटर मृणाक सिंह सस्तोमा महँगो घडी र मोबाइल फोन दिने भन्दै व्यापारीसँग ठगी गरेको आरोपमा पक्राउ परेका छन् ।
गत वर्ष फेब्रुअरीमा चेक बाउन्स भएर १ करोड ६३ लाख भारु ठगी भएपछि पन्त र उनका म्यानेजर पुनीत सोलंकीले मृणाकविरुद्ध मुद्दा दायर गरेका थिए । गत हप्ता साकेत अदालतले सिंहलाई पेस गर्न मुम्बईको आर्थर रोड जेललाई नोटिस जारी गरेको थियो । जुहु पुलिसले यही महिनाको सुरुमा सिंहलाई शहरका एक व्यापारीलाई ६ लाख भारु ठगी गरेको आरोपमा पक्राउ गरेको थियो।
पन्तले फ्र्याङ्क मुलर भ्यानगार्ड याटिङ सिरिजको घडी किन्न इच्छुक रहेको र चम्किलो रंगको घडीको लागि ३६ लाख २५ हजार १२० भारु तिरेको थाहा भयो। यसबाहेक उनले रिचार्ड मिल घडीका लागि ६२ लाख ६० हजार रुपैयाँ दिए ।
उजुरीमा घडीको मूल्य बुझाइएको जानकारी गराएर १ करोड ६३ लाख रुपैयाँमा सहमति जुटेको बताएको छ । उजुरीमा भनिएको छ, ‘जनवरी २०२१ मा मृणाकले पन्त र सोलंकीलाई आफूहरूले विलासी वस्तुको खरिद बिक्री गर्ने व्यवसाय खोलिरहेको बताए । उनले सामना किन्ने धेरै क्रिकेटरलाई रेफरेन्स गरेका थिए। उनले पन्त र उनका प्रबन्धकलाई महँगो घडी र अन्य चीजहरू राम्रो छुट र सस्तो मूल्यमा उपलब्ध गराउने बताए।’
उजुरीमा थप भनिएको छ, ‘दोषीको कथामा विश्वास गर्दै पन्तले फेब्रुअरी २०२१ मा दोषीलाई लग्जरी घडी र केही गहनाहरू हस्तान्तरण गरे। ६५ लाख ७० हजार ७३१ रुपैयाँमा पुनः बिक्रीका लागि किनेका थिए ।’ २३ वर्षीय सिंहले नक्कली रेफरेन्स दिएर धेरै फिल्म निर्देशक र होटललाई पनि ठगी गरेको स्रोतले खुलासा गरेको छ ।














