Khabar Board

यस्तो छ नेपालविरुद्ध खेल्न लागेका ओमान र टिमोर लिस्टेको फिफा वरियता

काठमाडौं ।

एसियन कप छनोटको तयारीमा रहेको नेपालले कतारमा दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण खेल्न लागेको कतार फुटबल संघले जनाकारी दिएको छ । यसअघि अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल हुने भनिए पनि रद्ध भएको थियो ।

नेपालले जेठ १४ गते टिमोर लिस्टे र जेठ २० गते ओमानसँग खेल्न लागेकाे हाे । खेल स्थानीय समयअनुसार साँझ सात बजे हुनेछन् । ओमानसँग हुने दोस्रो मैत्रीपूर्ण खेल सहिम बिन हमाद स्टेडियममा स्थानीय समय अनुसार साँझ सात बजे जुन तीनमा हुनेछ ।

वर्तमान समयमा फिफा वरियतामा ओमान ७५ औं, नेपाल १६८ औं र टिमोर लिस्टे १९८ औं स्थानमा छ । एसियन कपको छनोटअघि थप प्रशिक्षणका लागि नेपाली टोली बुधबार कतार प्रस्थान गरेकाे छ । छनोटको समूह ‘ए’ मा नेपालसँगै जोर्डन, कुवेत र इन्डोनेसिया छन् ।

समाजिक बिकास कार्यालय बैतडी

नेपालले आठ जुनमा जोर्डनविरुद्ध खेल्दै छनोटको सुरुवात गर्नेछ । यस्तै, नेपालले दोस्रो खेल कुवेतविरुद्ध ११ जुन तथा १४ जुनमा इन्डोनेसियाविरुद्ध अन्तिम खेल खेल्नेछ ।

नेपाली टोली :  दीप कार्की, विशाल सुनार, टिकेन्द्रसिंह थापा । विकास खवास, सुमन अर्याल विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ, सुनिल बल, पुजन उपरकोटी, आकाश बुढामगर, एरिक बिष्ट, निरकुमार राई, रोशन रानामगर, सन्तोष तामाङ, सेसेहाङ आङदेम्बे, सुरज ज्यु ठकुरी, नवयुग श्रेष्ठ (कप्तान), आयुष घलान, दर्शन गुरुङ, जर्जप्रिन्स कार्की र मनिष डाँगी ।

sticker after add
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.