काठमाडौं ।
काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) विजयी भएका छन् । उनी गठबन्धनका उम्मेदवार सिर्जना सिंह र नेकपा एमालेका केशव स्थापितलाई हराउँदै मेयरमा विजयी भएका हुन् । यद्यपि बालेन विजयीको औपचारिक घोषणा हुन बाँकी छ ।
काठमाडौंको मेयरमा जित पक्का गरिसकेका उनलाई अहिले देश तथा विदेशबाट बधाई तथा शुभकामनाको ओइरो आइरहेको छ । यसैबीच, भारतमा जारी प्रतिष्ठित क्रिकेट लिग आइपिएलमा पनि बालेन विजयी भएको सामग्री भाइरल भएको छ । रोयल च्यालेन्जर्स बैंग्लोर (आरसिबी) र लखनउ सुपर जायन्ट्सबीचको इलिमिनेटर खेलमा बालेनलाई बधाई दिएको सामग्री भाइरल भएको हो ।
पोस्टरमा लेखिएको छ, ‘कंग्राचुलेसन बालेन शाह ।’ यो पोस्टर टेलिभिजनबाट विश्वभर देखिएको छ । बालेनलाई बधाई दिएको पोस्टरका साथ नेपाली समर्थक स्टेडियममा गएका थिए । र, क्यामरा पर्सनले पनि यो दृश्यलाई टेलिभिजनबाट विश्वभर देखाए । बैंग्लोर र लखनउबीचको खेल कोलकातास्थित इडेन गार्डेनको मैदानमा भइरहेको छ ।
यस्तो छ नेपालविरुद्ध खेल्न लागेका ओमान र टिमोर लिस्टेको फिफा वरियता
एसियन कप छनोटको तयारीमा रहेको नेपालले कतारमा दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण खेल्न लागेको कतार फुटबल संघले जनाकारी दिएको छ । यसअघि अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल हुने भनिए पनि रद्ध भएको थियो ।
नेपालले जेठ १४ गते टिमोर लिस्टे र जेठ २० गते ओमानसँग खेल्न लागेकाे हाे । खेल स्थानीय समयअनुसार साँझ सात बजे हुनेछन् । ओमानसँग हुने दोस्रो मैत्रीपूर्ण खेल सहिम बिन हमाद स्टेडियममा स्थानीय समय अनुसार साँझ सात बजे जुन तीनमा हुनेछ ।
वर्तमान समयमा फिफा वरियतामा ओमान ७५ औं, नेपाल १६८ औं र टिमोर लिस्टे १९८ औं स्थानमा छ । एसियन कपको छनोटअघि थप प्रशिक्षणका लागि नेपाली टोली बुधबार कतार प्रस्थान गरेकाे छ । छनोटको समूह ‘ए’ मा नेपालसँगै जोर्डन, कुवेत र इन्डोनेसिया छन् ।
नेपालले आठ जुनमा जोर्डनविरुद्ध खेल्दै छनोटको सुरुवात गर्नेछ । यस्तै, नेपालले दोस्रो खेल कुवेतविरुद्ध ११ जुन तथा १४ जुनमा इन्डोनेसियाविरुद्ध अन्तिम खेल खेल्नेछ ।














