बैंग्लोरसँग पराजितपछि फिल्डरसँग रिसाए ‘कूल’ राहुल, बताए हारको मुख्य कारण

Image

काठमाडौं ।

आइपिएल २०२२ को एलिमिनेटर खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध लखनउ सुपर जायन्ट्स १४ रनले पराजित भयो । गएराति भएको खेलमा हार बेहोरेसँगै डेब्यू सिजनमै उपाधि जित्ने लखनउको सपना समाप्त भएको छ ।

लखनउको हारपछि कप्तान केएल राहुलले प्रतिक्रिया दिएका छन् । उनी खराब फिल्डिङ गर्ने खेलाडीदेखि रिसाएका छन् । राहुलले हारको मुख्य कारण पनि खराब फिल्डिङलाई मानेका छन् । ‘हामीले खेल किन जित्न सकेनौं भन्ने कुरा स्पष्ट छ । हामी आफैंलाई मैदानमा राख्छौं । एक साधारण क्याच छोड्दा कहिल्यै मद्दत गर्दैन । पाटीदारले यस्तो इनिङ खेल्ने तरिकामा फरक पक्कै थियो । जब शीर्ष तीनमा कसैले शतक बनायो, टोलीले धेरै पटक जित्छ,’ राहुलले भने ।

उनले अगाडि भने, ‘आरसिबीले फिल्डिङमा पनि उत्कृष्ट प्रदर्शन गर्यो । तर, हामीले गर्न सकेनौं । हामी धेरै सकारात्मक चीजहरू फिर्ता लिनेछौं। यो नयाँ फ्रेन्चाइजी हो। हामीले धेरै गल्ती गरेका छौं, हरेक टोलीले गर्छ। बलियो भएर फर्किने प्रयास गर्नुपर्छ । यो युवा टोली हो। उनीहरूले आफ्नो गल्तीबाट पाठ सिक्नेछन्, घर फर्कनेछन् । र, राम्रो खेलाडी बन्ने प्रयास गर्नेछन्। युवा बलर मोहसिन खानले आफू कति उत्कृष्ट छ र आफूमा कस्तो प्रतिभा छ भन्ने कुरा सबैलाई देखाए ।’