Khabar Board
Flash logo up side
flash header

जाँदाजाँदै केएल राहुलले बनाए कीर्तिमान, तोडे गेलसहित दुई स्टारको ठूलो रेकर्ड

Nirbachan m

काठमाडौं ।

इण्डियन प्रिमियर लिग (आइपिएल) मा लखनऊ सुपर जायन्ट्सको यात्रा एलिमिनेटर खेलमा समाप्त भयो। क्वालिफारमा पुग्न नसके पनि डेब्यू सिजनमै लखनउले उत्कृष्ट खेल्यो । सिजनको पहिलो खेलमा शून्यमै आउट भए पनि लखनउका कप्तान केएल राहुलले अन्त्यमा भने निकै उत्कृष्ट ब्याटिङ गरे ।

उनले इलिमिनेटर खेलमा ७९ रनको पारी खेले । योसँगै राहुलले क्रिस गेल र डेविड वार्नरको रेकर्ड तोडेका छन् । उनले लगातार चार सिजनमा ६ सयभन्दा बढी रन बनाउने मामलामा यी दुई स्टारको रेकर्ड तोडेका हुन् । राहुल अब आइपिएलको चार संस्करणमा लगातार ६ सयभन्दा बढी रन बनाउने पहिलो ब्याटर बनेका छन् ।

Center article

आइपिएल २०२२ मा उनले १५ खेलमा ५१.३३ को औसतमा ६१६ रन बनाए । यसपालि राहुलको स्ट्राइक रेट १३५.३८ थियो। यस क्रममा उनले दुई शतक र तीन अर्धशतकीय पारी खेले । उनी आफ्नो टोलीका सबैभन्दा सफल ब्याटर सावित भए । राहुलले २०१८ यता हरेक सिजनमा ६ सयभन्दा बढी रन बनाएका छन् ।

यसअघि आइपिएलमा गेल र वार्नरले तीनपटक एक सिजनमा ६०० भन्दा बढी रन बनाएका थिए । गेलले सन् २०११ देखि २०१३ सम्म रोयल च्यालेन्जर्स बैंग्लोरबाट खेल्दै यो उपलब्धि हासिल गरेका थिए । त्यस्तै, वार्नरले २०१६, २०१७ र २०१९ मा यो कीर्तिमान हासिल गरे । तर, अब यी दुवै स्टारको ठूलो रेकर्ड राहुलले भंग गरेका छन् ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.