काठमाडौं ।
नेपाली राष्ट्रिय भलिबल टोलीकी सदस्य उषा भण्डारी सम्मिलित धिवेही सिफाइन्स क्लबले माल्दिभ्समा जारी भलिबल एसोसिएसन कप–२०२२ मा विजयी सुरुआत गरेको छ । बुधबार राति भएको खेलमा सिफाइन्सले क्लब हाफलाइन लिङ्केजलाई सोझो सेटमा पराजित गरेको हो ।
सुरुआतबाटै विपक्षीलाई दबाबमा राखेको सिफाइन्सले खेलमा २५–५, २५–१३, २५–९ सहज हात पार्यो । स्पाइकर उषाले पहिलोपटक माल्दिभ्समा लिग खेलेकी हुन् । उषासँगै नेपाल पुलिस क्लबकै कामना विष्टले माल्दिभ्सको लिग खेल्दैछिन् ।
जाँदाजाँदै केएल राहुलले बनाए कीर्तिमान, तोडे गेलसहित दुई स्टारको ठूलो रेकर्ड
इण्डियन प्रिमियर लिग (आइपिएल) मा लखनऊ सुपर जायन्ट्सको यात्रा एलिमिनेटर खेलमा समाप्त भयो। क्वालिफारमा पुग्न नसके पनि डेब्यू सिजनमै लखनउले उत्कृष्ट खेल्यो । सिजनको पहिलो खेलमा शून्यमै आउट भए पनि लखनउका कप्तान केएल राहुलले अन्त्यमा भने निकै उत्कृष्ट ब्याटिङ गरे ।
उनले इलिमिनेटर खेलमा ७९ रनको पारी खेले । योसँगै राहुलले क्रिस गेल र डेविड वार्नरको रेकर्ड तोडेका छन् । उनले लगातार चार सिजनमा ६ सयभन्दा बढी रन बनाउने मामलामा यी दुई स्टारको रेकर्ड तोडेका हुन् । राहुल अब आइपिएलको चार संस्करणमा लगातार ६ सयभन्दा बढी रन बनाउने पहिलो ब्याटर बनेका छन् ।
आइपिएल २०२२ मा उनले १५ खेलमा ५१.३३ को औसतमा ६१६ रन बनाए । यसपालि राहुलको स्ट्राइक रेट १३५.३८ थियो। यस क्रममा उनले दुई शतक र तीन अर्धशतकीय पारी खेले । उनी आफ्नो टोलीका सबैभन्दा सफल ब्याटर सावित भए । राहुलले २०१८ यता हरेक सिजनमा ६ सयभन्दा बढी रन बनाएका छन् ।
यसअघि आइपिएलमा गेल र वार्नरले तीनपटक एक सिजनमा ६०० भन्दा बढी रन बनाएका थिए । गेलले सन् २०११ देखि २०१३ सम्म रोयल च्यालेन्जर्स बैंग्लोरबाट खेल्दै यो उपलब्धि हासिल गरेका थिए । त्यस्तै, वार्नरले २०१६, २०१७ र २०१९ मा यो कीर्तिमान हासिल गरे । तर, अब यी दुवै स्टारको ठूलो रेकर्ड राहुलले भंग गरेका छन् ।
