काठमाडौं ।
कोलकातास्थित इडेन गार्डेन रंगशालामा रजत पाटिदरको अविजित ११२ रनको पारी अहिले पनि चर्चाको शिखरमा छ । उनले ५४ बलमा १२ चौका र सात छक्का हिर्काएका थिए । पाटीदारकै विस्फोटक पारीमा बैंग्लोर दोस्रो क्वालिफायरमा पुग्न सफल भयो । अब रोयल च्यालेन्जर्स बैंग्लोरले फाइनल प्रवेशका लागि शुक्रबार राजस्थान रोयल्सको सामना गर्दैछ ।
बैंग्लोरको जितमा हिरो सावित भएका पाटीदारको चर्चा अहिले पनि सेलाएको छैन । उनले गत सिजनमा पनि बैंग्लोरबाटै खेलेका थिए । तर, सो सिजन पाटीदारका लागि सम्झनलायक रहन सकेन ।
गत फेब्रुअरीमा भएको आईपीएल मेगा अक्सनमा उनी २० लाख भारुका साथ सहभागी भएका थिएनन् । तर, कुनै पनि टिमले उनलाई अनुबन्ध गरे । अक्सनमा बिक्री नभएपछि पाटीदार केही निराश थिए ।
उनका बुबा मनोहर पाटीदारका अनुसार एउटा सानो कार्यक्रममा रजतको बिहे गर्ने लगभग पक्का भइसकेको थियो । उनको बिहेका लागि इन्दोरमा एउटा होटलसमेत बुक गरिएको थियो । तर, रजतको भाग्यले अर्कै मोड लियो ।
आरसीबीका खेलाडी लवनिथ सिसोदिया घाइते भए । चोटका कारण उन प्रतियोगिताबाट बाहिरिए । उनको स्थानमा बैंग्लोरले ३ अप्रिलमा रजतलाई २० लाख न्यूनतम मूल्यमा टिममा बोलायो । आश्चर्यजनक रूपमा टिममा समावेश भएपछि रजतले आफ्नो विवाहको पूर्वनिर्धारित समय पर सार्ने निर्णय गरे ।
उनी अब जुलाईमा मध्यप्रदेशको रतलाम जिल्लाकी युवतीसँग विवाह गर्दैछन् । मध्यप्रदेश रणजी टिमबाट खेल्ने रजतले ६ जुनदेखि पन्जावविरुद्ध रणजी नकआउट चरणका खेलहरू खेल्नेछन् । उनका बुबाले रजतको व्यवस्तालाई आधार मानेर जुलाईमा विवाहका लागि होटल बुक गरिएको जानकारी दिएका छन् ।
रजतले आरसीबीका लागि यो सिजन ७ खेलमा १५६ को स्ट्राइक रेटमा २७५ रन बनाएका छन् । मध्यप्रदेशका यी ब्याटरले ३९ प्रथप श्रेणीको खेल खेलेका छन् । उनले ४३ लिष्ट ए र ३८ प्रथम श्रेणीको क्रिकेट खेल खेलेका छन् ।
११२ रनको अविजित पारी खेलेपछि भारतीय क्रिकेट टिमका पूर्वकप्तान विराट कोहलीले खुसी व्यक्त गरेका थिए । आईपीएल इतिहासमै कुनै पनि खेलाडीले खेलेको सबैभन्दा उत्कृष्ट पारीमध्येको एक भएको कोहलीको टिप्पणी छ । कोहलीले भनेका छन्, ‘अहिलेसम्म उसले दवावमा खेलेको देखेको थिएँ । तर, यसपल्ट शानदार खेले ।’