काठमाडौं ।
स्पेनिस क्लब रियल मड्रिड पुनः विश्वको सर्वाधिक धनी फुटबल क्लबको सूचीमा शीर्ष स्थानमा उक्लिएको छ । ऊ ला लिगा प्रतिद्वन्द्वी बार्सिलोनालाई पछि पार्दै विश्वकै सबैभन्दा धनी क्लब बनेको हो ।
यो सिजनको स्पेनिस ला लिगाको उपाधि जित्दै च्याम्पियन्स लिग फाइनल खेल्ने तयारीमा रहेको रियल फोर्ब्सले निकालेको धनी क्लबको सूचीमा शीर्ष स्थानमा फर्किएको हो । फोर्ब्सका अनुसार रियलको कुल बजार मूल्य ४.१ बिलियन पाउण्ड रहेको छ ।
दोस्रो स्थानमा रहेको बार्सिलोनाको मूल्य ४.० बिलियन पाउण्ड छ । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड ३.६५ बिलियन पाउण्ड बजार मूल्यका साथ तेस्रो स्थानमा छ । इंग्लिस क्लब लिभरपुल ३.५, जर्मन क्लब बार्यन म्युनिख ३.४, इंग्लिस क्लब म्यानचेस्टर सिटी ३.३ बिलियन र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) पनि ३.३ बिलियन पाउण्ड बजार मूल्यका साथ चौथो देखि सातौं स्थानमा छन् ।
इंग्लिस क्लब चेल्सी, इटालियन क्लब, युभेन्टस नस्थानमा तथा इंग्लिस क्लब टोटेनहम हटस्पर आठौं देखि १० औं स्थानमा छन् । उनीहरू बजार मूल्य क्रमश: २.४, १.९ र १.८६ बिलियन पाउण्ड छ ।

माल्दिभ्समा डेब्यूमै चम्किइन् ‘नेपाली चेली’ कामना, दिलाइन् टिमलाई शानदार जित
‘माल्दिभ्स भलिबल एसोसिएसन कप २०२२’ मा नेपाली राष्ट्रिय भलिबल टोलीकी सदस्य कामना विष्ट सम्मिलित पुलिस क्लबले विजयी सुरुवात गरेको छ । माल्दिभ्सको मालेमा बिहीबार राति सम्पन्न समूह ‘ए’ अन्तर्गतको खेलमा पुलिसले क्लब इगललाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।
उसले २५–१९, २५–२१, २५–२० ले आफ्नो पक्षमा पार्यो । कामनाले पहिलोपटक विदेशी लिग खेलिरहेकी हुन् । कामनासँगै उषा भण्डारीले पनि माल्दिभ्समा लिग खेलिरहेकी छन् । उषा सम्मिलित टिम धिबेही सिफान्जी क्लबले पनि क्लब हाल्फलाइन लिंकेजलाई सोझो सेटमा हराउँदै विजयी सुरुवात गरेको थियो ।
घरेलु भलिबलमा नेपाल पुलिस क्लबाट सँगै खेल्दै आएका कामना र उषा माल्दिभ्समा भने फरक टिमको प्रतिनिधित्व गरेर खेलिरहेका छन् । उनीहरूको टोली एकै समूहमा छ । यी दुई खेलाडीले शनिबार एक अर्काविरुद्ध खेल्नेछन् । प्रतियोगितामा कूल १० टोलीको सहभागिता छ ।
