Khabar Board
Flash logo up side
Nirbachan aayog

अफ्रिदीलाई प्रश्न : अनुमति पाए आइपिएल खेल्नुहुन्छ? दिए यस्तो जवाफ

Nirbachan m

काठमाडौं ।

पाकिस्तानका बायाँ हाते तीव्र गतिका बलर शाहीन अफ्रिदी अहिलेका उत्कृष्ट बलरमध्ये एक मानिन्छन् । उनी पुरानो जस्तै नयाँ बलमा पनि उत्कृष्ट बलिङ गर्न सक्षम छन् । अफ्रिदीमा बल स्विङ गर्ने क्षमता छ । र, यही कारण धेरैले उनलाई पाकिस्तानका महान बलर वासिम अक्रमसँग तुलना पनि गर्छन्।

अहिलेका स्टार बलर अफ्रिदीले विश्वका चर्चित लिगमा खासै देखिँदैनन् । उनी पाकिस्तान सुपर लिग (पिएसएल) खेल्छन् । गएको सिजनको पिएसएलमा अफ्रिदीले आफ्नो कप्तानीमा लाहोर कलन्दर्सलाई पहिलोपटक उपाधि दिलाए । यदि उनी पाकिस्तानबाहेक अन्य देशका खेलाडी भए आइपिएलमा माटो रकममा बिक्री हुने पक्का थियो । तर, पाकिस्तानी खेलाडीलाई आइपिएल खेल्ने अनुमति छैन ।

पाकिस्तानका खेलाडीले २००८ को आइपिएलमा खेलेका थिए । त्यसपछि भने पाकिस्तानी क्रिकेटरलाई आइपिएल खेल्ने अनुमति दिइएको छैन । यसैबीच, अहिलेका स्टार बलर अफ्रिदीले आइपिएलको बारेमा आफ्नो धारणा राखेका छन् ।

Panacea Education

उनले प्रो पाकिस्तानी डटकमसँगको कुराकानीमा आइपिएलबारे धारणा राखेका छन् । त्यसक्रममा अफ्रिदीलाई सोधिएको थियो अनुमति पाए आइपिएल खेल्नुहुन्छ? जवाफमा उनले भने, ‘आफ्नो देशको लागि खेल्नु कुनै पनि क्रिकेटरका लागि सबैभन्दा गर्वको क्षण हो । त्यसैले मेरो प्राथमिकता सधैं मेरो पाकिस्तान हो । मेरो देशका लागि तीनवटै ढाँचा खेल्नु र त्यसपछि पिएसएल खेल्नु नै मेरो लागि पर्याप्त छ ।’

अफ्रिदीले देशका लागि उत्कृष्ट प्रदर्शन गर्न आफ्नो फिटनेस कायम राख्नुपर्ने बताए । उनले आईपीएल होस् वा अन्य कुनै लिग, अन्तर्राष्ट्रिय क्रिकेटभन्दा कम महत्वपूर्ण हुने पनि बताए । अफ्रिदीको मुख्य प्राथमिकता राष्ट्रिय टोलीका लागि खेल्नु हो ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.