Khabar Board
Flash logo up side
Nirbachan aayog

यू–१९ विश्वकप छनोटको खेल तालिका सार्वजनिक, नेपालले यी ५ टिमविरुद्ध खेल्ने

Nirbachan m

काठमाडौं ।

नेपालले सहभागिता जनाउने आइसिसी यू-१९ महिला विश्वकप छनोटअन्तर्गत एसिया छनोटको खेल तालिका सार्वजनिक भएको छ । छनोटमा नेपालसहित, मलेसिया, यूएई, थाइल्याण्ड, भुटान र कतार छन् । मलेसियामा आयोजना हुने छनाेटकाे तालिकाअनुसार नेपालले ३ जुनमा कतारविरुद्धकाे खेलबाट छनाेटकाे सुरुवात गर्नेछ ।

नेपालले दोस्रो खेल युएईविरुद्ध ४ जुनमा खेल्दा ६ जुनमा भुटानसँग तेस्रो खेल खेल्नेछ । त्यस्तै, नेपालले ७ जुनमा थाइल्याण्डसँग चाैथाे खेल र ९ जुनमा मलेसियाविरुद्ध पाँचौं तथा अन्तिम खेल्नेछ ।

Panacea Education

छनाेटकाे शीर्ष स्थानमा रहने टाेली अर्काे वर्ष दक्षिण अफ्रिकामा हुने यु-१९ विश्वकपमा छनाेट हुनेछ । पहिलाेपटक पटक आयोजना हुन लागेकाे यु-१९ महिला विश्वकपमा १६ टाेलीकाे सहभागिता रहनेछ । छनोटका लागि नेपालले कृतिका मरासनीकाे कप्तानीमा १८ सदस्यीय टाेली घाेषणा गरिसकेकाे छ ।

नेपाली टोली : कृतिका मरासनी (कप्तान), किरण कुँवर, सोनु राजवंशी, टीका शाह, सृष्टि धामी, सावित्री धामी,अलिशा यादव, रञ्जु श्रेष्ठ, अञ्जली विक, हिरन्मायी रोय, अलिशा खाडिया, ज्योतनिस्का मरासनी, मिनिशा उपाध्याय, स्नेहा महरा, निशा शाह, मिनिशा राना मगर, प्रतिमा शाह र मनीषा चौधरी ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.