Khabar Board
Flash logo up side
Nirbachan aayog

क्वालिफायर खेलमा विशाल लक्ष्य दिन चुक्यो बैंग्लोर, पाटीदारले आज पनि बनाए सर्वाधिक रन

Nirbachan m

काठमाडौं ।

भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) को दोस्रो क्वालिफायरमा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसिबी) ले राजस्थान रोयल्सलाई १५८ रनको लक्ष्य दिएको छ । अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बैंग्लोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनायो ।

उसका लागि रजद पाटीदारले अर्धशतकीय पारी खेले । ४२ बल खेलेमा उनले चार चौका र तीन छक्का हिर्काए । अघिल्लो खेलमा पाटीदारले अविजित ११२ रनको पारी खेलेका थिए । त्यस्तै, आज ग्लेन म्याक्सवेलले १३ बलमा दुई छक्का र एक चौकाको सहयोगमा २४ रनको योगदान दिए ।

फाफ डुप्लेसिस २५, महिलपाल लोमर आठ, विराट कोहली सात, दिनेश कार्तिक ६ रनमा आउट भए । शहबाज अहमद १२ रनमा अविजित रहे । राजस्थानका लागि प्रसिद्ध कृष्णा, ओबेद म्याक्योले तीन/तीन रविचन्द्रन आश्विन र ट्रेन्ट बोल्टले एक/एक विकेट लिए ।

आजको खेलमा विजेता टोलीले फाइनलको यात्रा तय गर्नेछ । पराजित टिम लिगबाट बाहिरिनेछ । बैंग्लोर एलिमिनेटर खेलमा लखनउ सुपर जायन्ट्सलाई १४ रनले पाखा लगाउँदै क्वालिफारमा पुगेको हो । राजस्थान भने गुजरात टाइटन्सविरुद्ध ७ विकेटले पराजित भएपछि दोस्रो क्वालिफायरमा रोकिएको थियो ।

राजस्थान गुजरातविरुद्धको हारको बदला बैंग्लोविरुद्ध लिन चाहन्छ । बैंग्लोर आफ्नो लय कायमै राख्दै फाइनल पुग्ने योजनामा छ । उसले पछिल्लो दुई खेलमा लगातार जित हात पारेको छ । बैंग्लोरले हालसम्म उपाधि हात पार्न सकेको छैन । राजस्थानले भने एकपटक उपाधि जितिसकेको छ ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.