Khabar Board
Flash logo up side
Nirbachan aayog

बैंग्लोरको सपना चक्नाचुर गर्दै आफ्नो शतकमा राजस्थान फाइनल पुगेपछि यस्तो भन्छन् बटलर

Nirbachan m

काठमाडौं ।

राजस्थान रोयल्सलाई भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा प्रवेश गराउन जोस बटलरले शतकीय पारी खेले । गएराति भएको दोस्रो क्वालिफायरमा उनले रोयल च्यालेन्जर्स बैंग्लोर (आरसिबी) विरूद्ध ६० बलमा १० चौका र ६ छक्कासहित अविजित १०६ रन बनाए । जारी संस्करणमा बटलरको यो चौथो शतक हो ।

क्वालिफायर खेलमा शानदार पारी खेलेका उनी प्लेयर अफ द म्याच पनि घोषित भए । बटलरले आफ्नो इनिङ्स र फाइनलमा पुग्ने राजस्थानको बारेमा प्रतिक्रिया दिएका छन् । ‘म यो सिजनमा धेरै कम अपेक्षा तर धेरै ऊर्जाका साथ आएको हुँ। फाइनलमा उभिनु निकै रोमाञ्चक छ । मसँग सिजनको दुई भागहरू थिए । र, वास्तवमा मेरो नजिकका मानिसहरूसँग धेरै इमानदार कुराकानीहरू थिए। मैले बीचमा दबाब महसुस गरिरहेको थिएँ । र, यसको बारेमा एक हप्ताअघि मात्र कुरा गरेँ । यसले मलाई मद्दत ग¥यो । म खुला दिमागका साथ कोलकाता गएको थिए ।’

बटलरले थपे, ‘टी–२० क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिताको फाइनल खेल्ने मौका पाएकोमा निकै उत्साहित छु । म शेन वार्नलाई पनि सम्झन्छु । उहाँ आरआरका लागि प्रभावशाली व्यक्तित्व हुनुहुन्छ । हामी उहाँलाई धेरै मिस गरिरहेका छौं ।’

फाइनलमा अब राजस्थानले आइतबार गुजरात टाइटन्सको सामना गर्नेछ । यसपालि पनि फाइनल पुगेर उपाधि जित्ने आरसिबीको सपना भने अधुरै रह्यो । क्वालिफायरमा बैंग्लोरले दिएको १५८ रनको लक्ष्य राजस्थानले १८.१ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । उसका लागि जोस बटलरले शतकीय पारी खेले । उनले ६० बलमा १० चौका र ६ छक्कासहित अविजित १०६ रन बनाए । जारी सिजनमा बटलरको यो चौथो शतक हो ।

Panacea Education

त्यस्तै, कप्तान सञ्जु सामसनले २३, यशस्वी जैसवालले २१ र देवदत्त पाडिक्कलले ९ रनको योगदान दिए। बैंग्लोरका लागि जोस हेजलउडले दुई र वानिन्दु हसरंगाले एक विकेट लिए । त्यसअघि अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बैंग्लोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनायो ।

उसका लागि रजद पाटीदारले अर्धशतकीय पारी खेले । ४२ बल खेलेमा उनले चार चौका र तीन छक्का हिर्काए । अघिल्लो खेलमा पाटीदारले अविजित ११२ रनको पारी खेलेका थिए । त्यस्तै, ग्लेन म्याक्सवेलले १३ बलमा दुई छक्का र एक चौकाको सहयोगमा २४ रनको योगदान दिए ।

फाफ डुप्लेसिस २५, महिलपाल लोमर आठ, विराट कोहली सात, दिनेश कार्तिक ६ रनमा आउट भए । शहबाज अहमद १२ रनमा अविजित रहे । राजस्थानका लागि प्रसिद्ध कृष्णा, ओबेद म्याक्योले तीन/तीन रविचन्द्रन आश्विन र ट्रेन्ट बोल्टले एक/एक विकेट लिए ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.