Khabar Board
Flash logo up side
Nirbachan aayog

मड्रिडले जित्यो च्याम्पियन्स लिगको उपाधि, काेच एन्सेलोटीले बनाए नयाँ कीर्तिमान

Nirbachan m

काठमाडौं ।

रियल मड्रिडले १४ औं पटक युइएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ । गएराति इंग्लिस क्लब लिभरपुललाई १–० ले हराउँदै मड्रिडले च्याम्पियन्स लिगको उपाधि जितेको हो ।

पेरिसमा भएको खेलमा रियललाई जिताउन भिनिसियस जुनियरले निर्णायक गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा रियल म्याड्रिडका लागि खेलको ५९ औं मिनेटमा जुनियरले फेडे भाल्भेर्डेको पासमा गोल गरेका थिए।

अत्यन्त प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा दुवै टोलीले केही राम्रा अवसर खेर फाल्दा गोल गर्ने मौका गुमाए। यो सँगै रियलले कीर्तिमानी १४औं पटक उपाधि जित्न सफल भयो। पछिल्लो ९ सिजनमा रियलले पाँचौंपटक च्याम्पियन्स लिग उपाधि जितेको हो।

१७ पटक फाइनल खेलेको रियलले ३ पटक पराजय बेहोरेको छ । त्यस्तै, मड्रिडका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले नयाँ कीर्तिमान बनाएका छन् । उनले ४ पटक च्याम्पियन्स लिगको उपाधि जित्ने पहिलो प्रशिक्षकको कीर्तिमान बनाएका हुन् ।

एन्सेलोटीले यसअघि एसी मिलानलाई दुईपटक र रियललाई नै एक पटक उपाधि दिलाएका थिए । मिलानलाई एन्सेलोटीले सन् २००२/०३ र २००६/०७ को सिजन उपाधि दिलाएका थिए । यस्तै। २०१३/०१४ को सिजन रियललाई एन्सेलोटीले उपाधि दिलाएका थिए ।

उनी युरोपको शीर्ष पाँच लिगको उपाधि जित्ने पहिलो प्रशिक्षकसमेत हुन् । रियललाई यस सिजन स्पेनिस ला लिगाको उपाधि दिलाएसँगै एन्सेलोटी ५ युरोपियन लिग जित्ने पहिलो प्रशिक्षकसमेत बनेका थिए ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.