काठमाडौं ।
नेपाली राष्ट्रिय महिला भलिबल टाेलीकी सदस्य कामना विष्ट सम्मिलित माल्दिभ्स पुलिस क्लबले मालेमा जारी भलिबल एसोसिएसन कप २०२२ मा लगातार दोस्रो जित निकालेको छ ।
माल्दिभ्सको सोसियल सेन्ट्रल इन्डोर हलमा शनिबार भएको पोल ‘बी’ को खेलमा पुलिसले अर्की नेपाली खेलाडी उषा भण्डारीको टाेली धिबेही सिफान्गी क्लबलाई ३-० को सोझो सेटमा हराएकाे हाे ।
पुलिसले धिबेही सिफान्गीमाथि २५-१९, ३१-२९,२५-१९ को सेटमा जित निकाल्यो । यसअघि पुलिसले क्लब इगल्सलाई २५-१९, २५-२१, २५-२० को सोझो सेटमा हराएको थियो ।
पुलिसले आफ्नो तेस्रो खेलमा मंगलबार क्लब हाफलाइन लिङ्केजसँग खेल्नेछ । यसअघि धिबेही सिफान्गीले क्लब हाफलाइन लिङ्केजलाई ३-० काे साेझाे सेटमा हराएकाे थियाे । धिबेहीले खेल २५-५, २५-१३, २५-९ ले आफ्नो पक्षमा पारेको थियाे । धिबेहीले सोमबार भलिबल युथ न्यु जेनेरेसनसँग खेल्नेछ ।
आइपिएल उपाधिका लागि गुजरात र राजस्थान भिड्दै, यस्तो छ दुवै टोलीको सम्भावित–११
भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आईपीएल) को फाइनल आज हुँदैछ । फाइनलमा यसपालि गुजरात टाइटन्स र राजस्थान रोयल्स भिड्दैछन् । फाइनल म्याच भारतको नरेन्द्र मोदी स्टेडियम अहदाबादमा राति सवा ८ बजे सुरु हुनेछ ।
गुजरात नवप्रवेशी टोली हो । उसले लिग चरणका १४ मध्ये १० खेलमा जित निकाल्दै शीर्ष स्थानमा रहेर प्लेअफमा पुगेको थियो । राजस्थान भने यसअघि सन् २००८ मा आईपीएलको उपाधि जितेयता १४ वर्षपछि फाइनलमा पुगेको हो । जारी सिजनमा शीर्ष दुई टोलीका रुपमा क्वालिफायर खेलेका गुजरात र राजस्थानबीच नै उपाधि भिडन्त हुन लागेको छ ।
पहिलो क्वालिफायरमा गुजरातसँग पराजित भएको राजस्थान एलिमिनेटरबाट विजयी टोली रोयल च्यालेन्जर्स बैंगलोरसँग दोस्रो क्वालिफायर खेल्दै फाइनलमा प्रवेश गरेको हो । आईपीएलको विजेताले २० करोड भारतीय रुपैयाँ पुरस्कार पाउनेछ । त्यस्तै, उपविजेताले १३ करोड भारतीय रुपैयाँ पुरस्कार पाउनेछ ।
राजस्थानको सम्भावित प्लेइङ–११ : यशस्वी जैसवाल, जोस बटलर, सञ्जु सामसन (कप्तान–विकेटकिपर), देवदत्त पाडिक्कल, शिमरोन हेटमायर, रियान पराग, रविचन्द्रन आश्विन, ट्रेन्ट बोल्ट, ओबेद म्याकोय, युजवेन्द्र चहल र प्रसिद्ध कृष्णा ।
गुजरातको सम्भावित प्लेइङ–११ : शुभमन गिल, ऋद्धिमान साह (विकेटकिपर), म्याथ्यू वेड, हार्दिक पाण्ड्या (कप्तान), ५ डेविड मिलर, राहुल तेवाटिया, राशिद खान, आर साई किशोर, यश दयाल, लकी फर्ग्युसन र मोहम्मद शामी ।