काठमाडौं ।
भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा गुजरात टाइटन्सविरुद्ध राजस्थान रोयल्सले टस जितेर ब्याटिङ रोजेको छ । गुजरात र राजस्थानबीचको फाइनल अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा ८ः१५ देखि सुरु हुँदैछ ।
गुजरात नवप्रवेशी टोली हो । उसले लिग चरणका १४ मध्ये १० खेलमा जित निकाल्दै शीर्ष स्थानमा रहेर प्लेअफमा पुगेको थियो । राजस्थान भने यसअघि सन् २००८ मा आईपीएलको उपाधि जितेयता १४ वर्षपछि फाइनलमा पुगेको हो । जारी सिजनमा शीर्ष दुई टोलीका रूपमा क्वालिफायर खेलेका गुजरात र राजस्थानबीच नै उपाधि भिडन्त हुन लागेको छ ।
पहिलो क्वालिफायरमा गुजरातसँग पराजित भएको राजस्थान एलिमिनेटरबाट विजयी टोली रोयल च्यालेन्जर्स बैंगलोरसँग दोस्रो क्वालिफायर खेल्दै फाइनलमा प्रवेश गरेको हो । आईपीएलको विजेताले २० करोड भारतीय रुपैयाँ पुरस्कार पाउनेछ । त्यस्तै, उपविजेताले १३ करोड भारतीय रुपैयाँ पुरस्कार पाउनेछ ।
गुजरातको प्लेइङ–११ : ऋद्धिमान साह (विकेटकिपर), शुभमन गिल, म्याथ्यू वेड, हार्दिक पाण्ड्या (कप्तान), डेविड मिलर, राहुल तेवटिया, राशिद खान, रवि श्रीनिवासन साई किशोर, लोकी फर्ग्युसन, यश दयाल र मोहम्मद शामी ।
राजस्थानको प्लेइङ–११ : यशस्वी जैसवाल, जोस बटलर, सञ्जु सामसन (कप्तान), देवदत्त पाडिक्कल, शिमरोन हेटमायर, रियान पराग, रविचन्द्रन अश्विन, ट्रेन्ट बोल्ट, प्रसिद्ध कृष्णा, ओबेद म्याकोय र युजवेन्द्र चहल ।