Khabar Board
Flash logo up side
Nirbachan aayog

जोस बटलरले हासिल गरे नयाँ उपलब्धि, तोडे डेविड वार्नरको ठूलो कीर्तिमान

Nirbachan m

काठमाडौं ।

राजस्थान रोयल्सका प्रारम्भिक ब्याटर जोस बटलरले नयाँ उपलब्धि हासिल गरेका छन् । उनले इण्डियन प्रिमियर लिग (आईपीएल) को एक सिजनमा सर्वाधिक रन बनाउने मामलामा नयाँ उपलब्धि हासिल गरेका हुन् ।

फाइनलमा गुजरात टाइटन्सविरुद्ध २५ रन पूरा गरेसँगै बटलर आईपीएलको इतिहासमा एक सिजनमा सर्वाधिक रन बनाउने दोस्रो ब्याटर बने । उनले जारी सिजनमा फाइनलसहित १७ खेलमा चार अर्धशतक र चार शतकसहित ८६१* रन बनाएका छन् ।

योसँगै बटलरले डेविड वार्नरको कीर्तिमान तोडेका छन् । यसअघि आईपीएलको एक सिजनमा सर्वाधिक रन बनाउने दोस्रो ब्याटरको रेकर्ड वार्नरको नाममा थियो । उनले सन् २०१६ को सिजनमा ८४८ रन बनाएका थिए । सो सिजनमा वार्नरले नौ अर्धशतक बनाएका थिए ।

आईपीएल इतिहासमा एक संस्करणमा सर्वाधिक रन बनाउने कीर्तिमान भने विराट कोहलीको नाममा छ । उनले २०१६ मा चार शतक र सात अर्धशतकको सहयोगमा ९७३ रन बनाएका थिए । उक्त सिजनमा विराटको उच्च स्कोर ११३ रन थियो ।

सूर्यकुमार यादव भन्छन्– यसपाली त यस्तै भयो अर्को वर्ष जसरी पनि उपाधि जित्नुपर्छ

Panacea Education

इण्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मुम्बई इन्डियन्स (एमआई) को लागि अत्यन्तै निराशाजनक रह्यो । मुम्बईको टोलीले यो सिजन खेलेका १४ मध्ये चार खेल मात्रै जित्न सक्यो । ऊ अंक तालिकाको अन्तिममा रह्यो ।

मुम्बई पाँचपटकको च्याम्पियन टोली हो । उसले उत्कृष्ट कमब्याक गर्दै उपाधि जितिसकेको छ । तर, यसपटक भने मुम्बईले सो लय दोहोर्याउन सकेन । यसपालि गरेको गल्ती सच्याउँदै मुम्बईले अर्को सिजनमा उपाधि जित्ने लक्ष्य राखेको छ ।

मुम्बईका महत्वपूर्ण ब्याटर सूर्यकुमार यादवले पनि अर्को सिजनका लागि टोलीको लक्ष्य उपाधि जित्नु रहेको बताएका छन् । इन्स्टाग्राममा सेयर गरेको भिडियोमा उनले भनेका छन्, ‘जे गरे पनि छैटौं ट्रफी ल्याउनै पर्छ। दुर्भाग्यवश, यो वर्ष यो नहुन सक्छ । तर अर्को वर्ष हामीले जसरी पनि ट्रफी जित्नुपर्छ । डेवाल्ड ब्रेभिस यस सेटअपमा नयाँ व्यक्ति हुन्, त्यसैले उनले यो ट्रफी उठाउन के गर्नुपर्छ भन्ने कुरा बुझ्नुपर्छ। यो राम्रो कुरा हो ।’

सूर्यकुमारले चोटका कारण मुम्बईका लागि सुरुका केही खेल गुमाएका थिए । तर, मैदानमा फर्किएपछि उनको प्रदर्शन उत्कृष्ट रह्यो । सिजनको अन्त्य हुनुअघि उनी फेरि घाइते भए । केही फाइनल खेलबाट पनि पनि बाहिरिए ।

यसपालि सूर्यले मुम्बईका लागि ८ खेलमा ४४ को औसतमा ३०३ रन बनाए । र, उनी आफ्नो टोलीका लागि तेस्रो सर्वाधिक रन बनाउने खेलाडी बने। उनले यस सिजनमा सर्वाधिक ६८ रन बनाएर तीन अर्धशतकीय पारी खेले । यसपालि सूर्यकुमारले १४५.६७ को स्ट्राइक रेटमा रन बनाएका थिए ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.