Khabar Board
Flash logo up side
Nirbachan aayog

आईपीएल फाइनलमा बलियो लक्ष्य दिन चुक्यो राजस्थान, हार्दिकले गरे करियरकै उत्कृष्ट बलिङ

Nirbachan m

काठमाडौं ।

इण्डियन प्रिमियर लिग (आईपीएल) २०२२ को फाइनलमा राजस्थान रोयल्सले गुजरता टाइटन्सलाई १३१ रनको लक्ष्य दिएको छ । अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा टस जितेर ब्याटिङ रोजेको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३० रन बनायो । उसका लागि जोस बटलरले ३५ बलमा पाँच चौकासहित ३९ रन बनाए ।

त्यस्तै, यशस्वी जैसवालले २२, रियान परागले १५, कप्तान सञ्जु सामसनले १४, ट्रेन्ट बोल्ट र शिमरोन हेटमायरले ११/११ रनको योगदान दिए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । गुजरातका लागि कप्तान हार्दिक पाण्ड्याले शानदार बलिङ गरे ।

४ ओभरमा १७ रन दिएका उनले महत्वपूर्ण ३ विकेट लिए । हार्दिकले बटलर, हेटमायर र सामसनको विकेट लिएका हुन् । उनले आईपीएलमा ४ ओभरमा १७ रन दिएर ३ विकेट पहिलोपटक लिएका हुन् । त्यस्तै, रविसारनिवासन साई किशोरले दुई, मोहम्मद शामी, राशिद खान र यश दयालले एक/एक विकेट हात पारे ।

न्यूजिल्याण्डका तीव्र गतिका बलर लकी फर्ग्युसनले इण्डियन प्रिमियर लिग (आईपीएल) सर्वाधिक तीव्र गतिमा बलिङ गरेका छन् । गुजरात टाइटन्सबाट लिग खेलिरहेका उनले आइतबार फाइनलमा राजस्थान रोयल्सविरुद्ध १५७.३ किलोमिटर प्रतिघण्टाको गतिमा बलिङ गरेका हुन् ।

कीर्तिमानी गतिमा बलिङ गरेको बलमा फर्ग्युसनले जोस बटलरलाई रन दिएनन् । योसँगै उनले सनराइजर्स हैदराबादका युवा तीव्र गतिका बलर उमरान मलिकको रेकर्ड तोडेका छन् । उनले यही सिजनमा १५७ किलोमिटर प्रतिघण्टाको गतिमा बलिङ गरेका थिए ।

Panacea Education

बटलरले हासिल गरे नयाँ उपलब्धि

राजस्थान रोयल्सका प्रारम्भिक ब्याटर जोस बटलरले नयाँ उपलब्धि हासिल गरेका छन् । उनले आईपीएलको एक सिजनमा सर्वाधिक रन बनाउने मामलामा नयाँ उपलब्धि हासिल गरेका हुन् । फाइनलमा गुजरात टाइटन्सविरुद्ध ३९ रन पूरा गरेसँगै बटलर आईपीएलको इतिहासमा एक सिजनमा सर्वाधिक रन बनाउने दोस्रो ब्याटर बने ।

उनले जारी सिजनमा फाइनलसहित १७ खेलमा चार अर्धशतक र चार शतकसहित ८६३ रन बनाएका छन् । योसँगै बटलरले डेविड वार्नरको कीर्तिमान तोडेका छन् । यसअघि आईपीएलको एक सिजनमा सर्वाधिक रन बनाउने दोस्रो ब्याटरको रेकर्ड वार्नरको नाममा थियो ।

उनले सन् २०१६ को सिजनमा ८४८ रन बनाएका थिए । सो सिजनमा वार्नरले नौ अर्धशतक बनाएका थिए । आईपीएल इतिहासमा एक संस्करणमा सर्वाधिक रन बनाउने कीर्तिमान भने विराट कोहलीको नाममा छ । उनले २०१६ मा चार शतक र सात अर्धशतकको सहयोगमा ९७३ रन बनाएका थिए । उक्त सिजनमा विराटको उच्च स्कोर ११३ रन थियो ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.