Khabar Board
Flash logo up side
Nirbachan aayog

राजस्थानलाई हराउँदै गुजरातले जित्यो आईपीएल उपाधि, पायो करोडौं रुपैयाँ पुरस्कार

Nirbachan m

काठमाडौं ।

इण्डियन प्रिमियर लिग (आईपीएल) २०२२ को उपाधि नवप्रवेशी टोली गुजरात टाइटन्सले जितेको छ । आइतबार राति राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै गुजरातले आईपीएल उपाधि जितेको हो । उसले डेब्यू सिजनमै आईपीएल उपाधि जित्न सफल भयो ।

फाइनलमा राजस्थानले दिएको १३१ रनको समान्य लक्ष्य गुजरातले १८.१ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । उसका लागि शुभन गिलले अविजित ४५, कप्तान हार्दिक पाण्ड्याले ३४, डेविड मिलरले अविजित ३२, म्याथ्यू वेडले आठ र ऋद्धिमान साहले पाँच रन बनाए । राजस्थानका लागि युजवेन्द्र चहल, प्रसिद्ध कृष्णा र ट्रेन्ट बोल्ट एक–एक विकेट लिए ।

त्यसअघि अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा टस जितेर ब्याटिङ रोजेको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३० रन बनायो । उसका लागि जोस बटलरले ३५ बलमा पाँच चौकासहित ३९ रन बनाए ।

Panacea Education

त्यस्तै, यशस्वी जैसवालले २२, रियान परागले १५, कप्तान सञ्जु सामसनले १४, ट्रेन्ट बोल्ट र शिमरोन हेटमायरले ११–११ रनको योगदान दिए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । गुजरातका लागि कप्तान हार्दिक पाण्ड्याले शानदार बलिङ गरे ।

४ ओभरमा १७ रन दिएका उनले महत्वपूर्ण ३ विकेट लिए । हार्दिकले बटलर, हेटमायर र सामसनको विकेट लिएका हुन् । उनले फाइनलमा सिजनकै उत्कृष्ट बलिङ गरे । त्यस्तै, रविसारनिवासन साई किशोरले दुई, मोहम्मद शामी, राशिद खान र यश दयालले एक/एक विकेट हात पारे ।

जितसँगै गुजरातले २० करोड भारु पुरस्कार पाएको छ । उपविजेता राजस्थानले १३ करोड भारु प्राप्त गरेको छ । त्यस्तै, तेस्रो भएको रोयल च्यालेन्जर्स बैंग्लोर (आरसिबी) ले ७ करोड भारु पाएको छ ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.