Khabar Board
Flash logo up side
flash header

आईपीएल २०२२ मा कुन खेलाडी के अवार्ड जिते? (सूचीसहित)

Nirbachan m

काठमाडौं ।

अहमदाबादमा भएको आईपीएल २०२२ को फाइनलमा गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै उपाधि जितेको छ । यो उनको पहिलो सिजन थियो । र, हार्दिक पाण्ड्याको कप्तानीमा टोलीले इतिहास रच्यो। फाइनलमा पाण्ड्याले उत्कृष्ट प्रदर्शन गरे । पहिले बल र त्यसपछि ब्याटबाट उनले आफ्नो टिमलाई महत्वपूर्ण योगदान दिए ।

हार्दिकले खेलाडीको रूपमा पाँचौंपटक आईपीएलको उपाधि जितेका हुन् । उनले मुम्बई इन्डियन्सबाट खेल्दै चारपटक र गुजरात टाइटन्सबाट एक पटक उपाधि जिते । यसपटक १९ औं ओभरमा शुभमन गिलले छक्का प्रहार गर्दै फाइनल खेल सकियो । यसपालि राजस्थान टिमका जोस बटलरले सर्वाधिक रन र राजस्थानकै युजवेन्द्र चहलले सर्वाधिक विकेट लिए ।

आइपिएल २०२२ मा कसले कुन अवार्ड हात पारे?

विजेता टोली– गुजरात टाइटन्स । उपविजेता टोली – राजस्थान रोयल्स । तेस्रो स्थान – रोयल च्यालेन्जर्स बैंगलोर । चौथो स्थान – लखनऊ सुपर जायन्ट्स । म्यान अफ द फाइनल – हार्दिक पाण्ड्या, ४ ओभरमा १७ रनमा ३ विकेट र ३ चौका, १ छक्का, ३० बलमा ३४ रन (गुजरात टाइटन्स) ।

Center article

ओरेन्ज क्याप – जोस बटलर, १७ खेलमा ८६३ रन (राजस्थान रोयल्स) । पर्पल क्याप – युजवेन्द्र चहल, १७ खेलमा २७ विकेट (राजस्थान रोयल्स) । मोस्ट भ्यालुएबल प्लेयर – जोस बटलर (राजस्थान रोयल्स) । परफेक्ट क्याच अफ द सिजन – इभिन लुइस (लखनऊ सुपरजायन्ट्स) ।

क्रेड पावर प्लेयर अफ द सिजन – जोस बटलर (राजस्थान रोयल्स) । सिजनको सबैभन्दा छिटो डेलिभरी – लोकी फर्ग्युसन, १५७.३ (गुजरात टाइटन्स) । सुपर स्ट्राइकर अफ द सिजन – दिनेश कार्तिक, १८३.३ स्ट्राइक रेट (रोयल च्यालेन्जर्स बैंगलोर)

इमर्जिङ प्लेयर अफ द सिजन – उमरान मलिक (सनराईजर्स हैदराबाद) । ड्रिम इलेवन गेम चेन्जर – जोस बटलर (राजस्थान रोयल्स) । सर्वाधिक छक्का – जोस बटलर, ४५ (राजस्थान रोयल्स) । सर्वाधिक चौका – जोस बटलर (राजस्थान रोयल्स) । फेयरप्ले अवार्ड – राजस्थान रोयल्स र गुजरात टाइटन्स ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.