Khabar Board
Flash logo up side
flash header

डेब्यू सिजनमै आईपीएल उपाधि जिताएपछि यस्तो भन्छन् कप्तान हार्दिक पाण्ड्या

Nirbachan m

काठमाडौं ।

गएराति सम्पन्न इण्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को उपाधि नवप्रवेशी गुजरात टाइटन्सले जित्यो । उसले पुरानो टोली राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै आफ्नो डेब्यु सिजनमै उपाधि जितेको हो । सिजनको सुरुवातमा धेरै क्रिकेट विश्लेषकले गुजरातलाई उपाधि दावेदारको रूपमा हेरेका थिएनन् । तर, उसले सिजन अवधिभर नै उत्कृष्ट खेल्यो ।

डेब्यू सिजनमै उपाधि जितेपछि पाण्ड्याले भनेका छन्, ‘विश्वको कुनै पनि टोलीको लागि यो सही उदाहरण हो। यदि तपाईं राम्रो टिम निर्माण गरेर खेल्नुहुन्छ भने पक्कै पनि सफलता प्राप्त गर्न सकिन्छ । चमत्कारहरू हुन सक्छन्। मैले धेरै समय देखेको छु खेल ब्याटरहरूको हो । तर, बलरहरू पनि खेल जिताउन सक्छन् ।’

‘हामीले खेलहरू धेरै चोटि जित्यौं । तर, सधैं हामीले गुमाएका कुराको बारेमा कुरा गर्यौं । र, हामी कसरी यहाँबाट राम्रो हुन सक्छौं कसरी यहाँबाट उत्कृष्ट हुन सक्छौं। सबैले यसमा भाग लियौं । अनि आज यो सफलता प्राप्त गर्न सफल भयौं म आफैंलाई भाग्यशाली ठान्छु, मुम्बई रहँदा पनि चारपटक च्याम्पियन टोलीको सदस्य रहे । र, नयाँ टिममा आउँदा पनि उपाधि जित्न सफल भएँ । रमाइलो लागिरहेको छ,’ पाण्ड्याले भने ।

Center article

उनले गुजरातले डेब्यूमै उपाधि जित्नमा सबै खेलाडीको अहम् भूमिका रहेको पनि बताए । सबैको योगदानका कारण गुजरातले सफलता प्राप्त गरेको उल्लेख गर्दै पाण्ड्याले यो सफलतामा समर्थकको पनि उत्तिकै योगदान रहेको बताए । उनले आउँदो सिजनमा पनि उत्कृष्ट रणनीतिका साथ खेल्ने उपाधि जित्ने लक्ष्य रहेको बताए ।

पाण्ड्याले उपाधि जिताउन अहम् भूमिका खेले । उनले फाइनलमा ४ ओभरमा १७ रन दिएर ३ विकेट लिए । आईपीएल करियरमा पाण्ड्याले पहिलोपटक ४ ओभरमा १७ रन दिएर ३ विकेट लिएका हुन् । उनले ब्याटिङतर्फ ३० बलमा ३४ रनको पारी खेले ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.