Khabar Board
Flash logo up side
Nirbachan aayog

अमेरिकामाथि स्कटल्याण्डको फराकिलो जित, बेरिङ्टनले गरे छक्काको वर्षा

Nirbachan m

काठमाडौं ।

आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसिय सिरिजको दोस्रो खेलमा अमेरिकाविरुद्ध स्कटल्याण्डले फराकिलो जित निकालेको छ । गएराति सम्पन्न खेलमा उसले १११ रनको फराकिलो जित निकालेको हो ।

अघिल्लो खेलमा स्कटल्याण्डविरुद्ध १०४ रनको जित निकालेको अमेरिकाले दोस्रो खेलमा लय गुमायो । ३०१ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४२.४ ओभरमा सबै विकेट गुमाउँदै १८९ रन मात्र बनाउन सक्यो ।

उसका लागि आरोन जोन्सले सर्वाधिक ३८, कप्तान मोनांक पटेलले ३६ र निसर्ग पटेलले अविजित ३४ रनको योगदान दिए । स्कटल्याण्डका लागि क्रिस सोलेले तीन, सेफन सेरिफ, माइकल लेस्क र क्रिस ग्रिभ्सले दुई/दुई विकेट हात पारे । उसले एक एक विकेट रनआउटको रूपमा प्राप्त गर्यो ।

त्यसअघि पर्लल्याण्डस्थित च्वाइस मोसा स्टेडियममा टस जितेर ब्याटिङ रोजेको स्कटल्याण्डले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै ३०० रन बनायो । उसका लागि रिची बेरिङ्गटनले शतकीय तथा म्याथ्युज क्रस र जर्ज मुन्सेले अर्धशतकीय पारी खेले । १०७ रनमा अविजित रहेका बेरिङ्गटनले ९० बलको सामना गर्दै ६ छक्का र चार चौका प्रहार गरे ।

क्रसले ९३ बलमा तीन चौका र दुई छक्कासहित ७४ रन जोडे । ५१ रन बनाएका मुन्सेले ५७ बलमा सात चौका प्रहार गरे । अमेरिकाका लागि सौरभ नेत्रावाल्कर र क्यामरन स्टेभनसन दुई÷दुई तथा रुस्टे थेरन र निसर्ग पटेलले एक/एक विकेट हात पारे । अमेरिकालाई एक विकेट रन आउटको रूपमा प्राप्त भयो ।

Panacea Education

जितसँगै १८ खेलमा २६ अंक जोडेको स्कटल्याण्ड लिगको दोस्रो स्थानमा कायमै छ । पराजित अमेरिका समान खेलबाट १६ अंकका साथ चौथो स्थानमा छ । अब स्कटल्याण्डले आज तथा अमेरिकाले बुधबार यूएईको सामना गर्नेछन् ।

विश्वकप लिग–२ मा नेपालले अहिलेसम्म १२ म्याच खेलेको छ । जसमा नेपालले ६ मा जित र ६ खेलमा हार बेहोरेको छ । अहिले नेपाल १२ अंकका साथ छैटौं स्थानमा छ । नेपालले अब केही दिनमा यही प्रतियोगिताअन्तर्गत अमेरिकामा सिरिज खेल्दैछ । जहाँ नेपालले अमेरिकासहित ओमानको सामना गर्नेछ ।

नेपालले पहिलो खेल ओमानसँग जुन ९ तारिखमा खेल्नेछ । त्यसपछि जुन ११ मा नेपाली टिमले अमेरिकासँग खेल्नेछ भने जुन १४ मा ओमानसँग दोस्रो खेल खेल्ने तालिका रहेको छ । यस्तै जुन १५ मा अमेरिकासँग दोस्रो खेल्ने छ ।

आईसीसी विश्वकप लिग–टू प्रतिस्पर्धा गरिरहेका ७ टिमले ३६ वटा म्याच खेल्नुपर्छ । अहिलेसम्म ३२ म्याच खेलेको ओमानले १९ खेलमा जित र १ खेलमा बराबरी गर्दा १ खेल भने नतिजाविहीन बनेको थियो । ओमान ४० अंकसहित शीर्ष स्थानमा छ ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.