Khabar Board
Flash logo up side
Nirbachan aayog

डेब्यूमै आईपीएल जिताएका हार्दिक आसन्न टी-२० विश्वकप भारतले जित्नेबारे यस्तो भन्छन्

Nirbachan m

काठमाडौं ।

इण्डियन प्रिमियर लिग (आईपीएल) २०२२ को उपाधि नवप्रवेशी टोली गुजरात टाइटन्सले जित्यो । गएराति सम्पन्न फाइनल खेलमा राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै गुजरातले डेब्यू सिजनमै आईपीएल उपाधि जितेको हो । यसपालि गुजरात टिमको मात्र नभएर कप्तान पनि नयाँ थिए ।

डेब्यू सिजनमा उत्कृष्ट कप्तानीसँगै उपाधि दिलाएपछि गुजरातका कप्तान हार्दिक पाण्ड्याले आगामी टी–२० विश्वकपको बारेमा प्रतिक्रिया दिएका छन् । उनले अब लक्ष्य आफ्नो देशका लागि विश्वकप जित्ने रहेको बताए । आईपीएल फाइनलपछि अब तपाइँको लक्ष्य केहो भनेर सोधिएको प्रश्नमा उनले यस्तो बताएका हुन् ।

Panacea Education

‘अब मेरो मुख्य लक्ष्य भारतलाई विश्कप जिताउन भूमिका खेल्नु हुनेछ । भारतले विश्वकप जित्ने सम्भावना बढी छ । मसँग भएका सबै कुरा विश्वकपमा खर्च गर्नेछु । म सधैं टोलीलाई प्राथमिकता दिने व्यक्ति भएको छु । मैले जति खेल खेलेको भए पनि भारतका लागि खेल्ने सपना साकार भएको छ । देशको प्रतिनिधित्व गर्न पाउनु मेरो लागि सधैं खुसीको कुरा हो । मैले पाएको माया र समर्थन भारतीय टोलीको दृष्टिकोणबाट हो,’ पाण्ड्याले भने ।

भारतले यही वर्षको अक्टोबर/डिसेम्बरमा अष्ट्रेलियामा टी–२० विश्वकप खेल्नेछ । त्यसपछि अर्को वर्ष भारतले घरमै एकदिवसीय विश्वकप खेल्नुपर्नेछ । यी दुवै प्रतियोगितामा हार्दिकको योगदान महत्वपूर्ण हुनसक्छ । उनको फिटनेस विश्वकपको बेला राम्रो रहेमा भारतीय टिमलाई फाइदा हुनेछ ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.