Khabar Board
Flash logo up side
Nirbachan aayog

आईपीएल इतिहासमा ‘ओरेन्ज क्याप’ जित्ने १५ ब्याट्सम्यान [सूचीसहित]

Nirbachan m

आईपीएलमा ओरेन्ज क्याप जित्नु ब्याटरका लागि ठूलाे उपलब्धि हाे । आईपीएलमा एक सिजनमा सबैभन्दा बढी रन बनाउने ब्याटरलाई ओरेन्ज क्याप दिइने गरिन्छ । आईपीएलको इतिहासमा अहिलेसम्म धेरै ब्याटरले ओरेन्ज क्याप जितेका छन् ।

IPL मा ओरेन्ज क्याप जित्ने खेलाडीहरू :

2008 – शन मार्श : (पञ्जाव किंग्स) आईपीएलको इतिहासमा पहिलो ओरेन्ज क्याप पञ्जाब किंग्सका लेजेन्ड शान मार्सले जितेका थिए । उनले ११ खेलमा ६८.४४ को औसत र १३९.६८ को स्ट्राइक रेटमा ६१६ रन बनाएका थिए । यस क्रममा मार्शले एक शतक र पाँच अर्धशतक बनाएका थिए ।

2009 – म्याथ्यू हेडेन (चेन्नई सुपर किंग्स) : आइपिएलको दोस्रो सिजनको ओरेन्ज क्याप चेन्नई सुपर किंग्सका ओपनर म्याथ्यु हेडनले जितेका थिए । उनले १२ खेलमा १४४ को स्ट्राइक रेटमा ५७२ रन बनाए ।

2010 – सचिन तेन्दुलकर (मुम्बई इन्डियन्स) : आईपीएलको तेस्रो सिजनको ओरेन्ज क्याप मुम्बई इन्डियन्सका ओपनर सचिन तेन्दुलकरले जिते । उनले १५ खेलमा १३२.६१ को स्ट्राइक रेटमा सर्वाधिक ६१८ रन बनाएका थिए ।

2011 – क्रिस गेल (RCB) : IPL 2011 को ओरेन्ज क्याप रोयल च्यालेन्जर्स बैंगलोरका ओपनर क्रिस गेलले जितेका थिए। उनले १२ खेलमा १८३ को स्ट्राइक रेटमा ६०८ रन बनाए । यसक्रममा उनले २ शतक प्रहार गरे ।

2012 – क्रिस गेल (RCB) : क्रिस गेलले आईपीएल २०१२ मा लगातार दोस्रोपटक ओरेन्ज क्याप जितेका थिए। यस पटक उनले १४ खेलमा ६१.०८ को औसतमा ७३३ रन बनाएका थिए । जसमा उनले शतक पनि बनाएका थिए  ।

2013 – माइकल हसी (चेन्नई सुपर किंग्स) : २०१३ मा माइकल हसीले १७ खेलमा ७३३ रन बनाएर ओरेन्ज क्याप जितेका थिए । 2014 – रोबिन उथप्पा (KKR) : केकेआरबाट खेल्दा रोबिन उथप्पाले १६ खेलमा ६६० रन बनाएर ओरेन्ज क्याप जितेका थिए । 2015 – डेविड वार्नर (सनराईजर्स हैदराबाद) : डेविड वार्नरले १४ खेलमा ५६२ रन बनाएर यो अवार्ड जितेका थिए ।

2016 – विराट कोहली (RCB) : यो सिजन विराट कोहली उत्कृष्ट लयमा थिए । उनले १६ खेलमा ८१.०८ को औसतमा ९७३ रन बनाए, जुन एकै सिजनमा सर्वाधिक रन बनाउने कीर्तिमान हो। यस क्रममा उनले ४ शतक समेत बनाए ।

2017 – डेविड वार्नर (सनराईजर्स हैदराबाद) : वार्नरले १४ खेलमा ६ सय ४१ रन बनाएर फेरि ओरेन्ज क्याप अवार्ड जितेका छन् । 2018 – केन विलियमसन (सनराईजर्स हैदराबाद) : केन विलियम्सनले १७ खेलमा ७ सय ३५ रन बनाएर यो अवार्ड जितेका हुन् ।

2019 – डेविड वार्नर (सनराईजर्स हैदराबाद) : डेविड वार्नरले तेस्रो पटक ओरेन्ज क्यापको उपाधि जिते र यस पटक उनले १२ खेलमा ६९२ रन बनाए । २०२० – केएल राहुल (पञ्जाब किंग्स) : केएल राहुलले पञ्जाब किंग्सको कप्तानी हुँदा १४ खेलमा ६७० रन बनाएका थिए ।

२०२१ – रुतुराज गायकवाड (चेन्नई सुपर किंग्स) : चेन्नईबाट खेल्दै युवा ऋतुराज गायकवाडले १६ खेलमा ६३५ रन बनाएका थिए । २०२२ मा राजस्थान रोयल्सका जोस बटलरले ओरेन्ज क्याप जिते । उनले १७ खेलमा चार शतक र चार अर्धशतकको मद्दतमा ८६३ रन बनाए । उनी विराटपछि एक आईपीएल सिजनमा सर्वाधिक रन बनाउने दोस्रो ब्याटर हुन् ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.