काठमाडौं ।
इण्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा राजस्थानका रोयल्सका ब्याटर जोस बटलरले शानदार ब्याटिङ गरे । १७ खेलमा चार शतक र चार अर्धशतकसहित उनले सर्वाधिक ८६३ रन बनाए । ओरेन्ज क्याप जितेका बटलर सम्मिलित टोलीले उपाधि जित्न भने चुक्यो ।
आइतबार राति फाइनलमा गुजरात टाइटन्सविरुद्ध ७ विकेटले पराजित भएपछि दोस्रोपटक आईपीएल उपाधि जित्ने राजस्थानको सपना पूरा हुन सकेन । शानदार लयमा रहेका बटलरले फाइनलमा पनि ३५ बलमा पाँच चौकासहित सर्वाधिक ३९ रन बनाए ।

शानदार सिजनका बाबजुद आफूआवद्ध राजस्थानले उपाधि जित्न नसकेपछि बटलरले प्रतिक्रिया दिएका छन् । ‘फाइनलबाहेक मैले सबै अपेक्षाहरू पार गरेको छु, वास्तवमै ट्रफी जित्न नसकेको दुःखी छु । म निराश छु र दुर्भाग्यवश मैले फाइनल खेल हारेको छु,’ बटलरले भनेका छन् ।
उनले अगाडि भने, ‘आईपीएल ठूलो प्रतियोगिता हो। भीडबिना दुई वर्ष बिताएपछि यहाँ आएर खेल्न पाउनु एउटा सौभाग्य हो । युवा खेलाडीहरूले यो चोटलाई अगाडि बढाउन प्रयोग गर्न सिक्नुपर्छ ।’ बटलरले उपाधि जित्ने गुजरातलाई बधाई तथा शुभकामना दिए । उनले यो हारबाट राजस्थानले ठूलो पाठ सिक्नुपर्ने पनि बताए ।
