Khabar Board
Flash logo up side
Nirbachan aayog

सचिनले छाने आफ्नो बेस्ट आईपीएल–११, यी खेलाडीलाई दिए मौका

Nirbachan m

काठमाडौं ।

भारतीय क्रिकेट टिमका सफल खेलाडी तथा पूर्वकप्तान सचिन तेन्दुलकरले आफ्नो आईपीएल २०२२ को इलावेन चयन गरेका छन् । उनले प्लेइङ–११ केही रोचक नाम समावेश गरेका छन् । उनले आफ्नो युट्युब च्यानलमा टोलीको बारेमा जानकारी दिएका हुन् ।

सचिनले उनले पञ्जाब किंग्स (पीबीकेएस) र मुम्बई इन्डियन्स (एमआई)का खेलाडीलाई पनि समावेश गरेका छन् । उनले ओपनिङमा शिखर धवन र जोस बटलरलाई छानेका छन् । सचिनले केएल राहुललाई तेस्रो नम्बर र हार्दिक पाण्ड्यालाई चौथो स्थानमा राखेका छन् ।

पाण्ड्याको बारेमा तेन्दुलकरले भने, ‘हार्दिक पाण्ड्याले यस सिजनमा उत्कृष्ट प्रदर्शन गरे । उनीसँग ठूलो शक्ति छ, उनको ब्याट स्विङ सुन्दर छ। स्थिरता साँच्चै राम्रो छ जब उनले बल हिट गर्न सक्छन् ।’ उनले हार्दिकलाई यस सिजनको उत्कृष्ट कप्तान भएको पनि बताए । सचिनले पाँच र ६ नम्बरको लागि डेविड मिलर र लियाम लिभिङस्टोनको नाम समावेश गरेका छन् ।

Panacea Education

उनले दिनेश कार्तिकलाई विकेटकिपरको रूपमा राखे । सचिनले मोहम्मद शामी र जसप्रित बुमराहलाई तीव्र गतिको बलरको रूपमा टिममा राखेका छन् । स्पिनरमा उनले युजवेन्द्र चहल र राशिद खानलाई आफ्नो प्लेइङ–११ मा समावेश गरे ।

सचिन तेन्दुलकरको आईपीएल–११ : शिखर धवन, जोस बटलर, केएल राहुल, हार्दिक पाण्ड्या (कप्तान), डेविड मिलर, लियाम लिभिङस्टोन, दिनेश कार्तिक (विकेटकिपर), राशिद खान, युजवेन्द्र चहल, मोहम्मद शामी, जसप्रित बुमराह ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.