Khabar Board
Flash logo up side
Nirbachan aayog

नेपालले स्कटल्याण्डमा खेल्ने त्रिकोणात्मक सिरिजको तालिका सार्वजनिक

Nirbachan m

काठमाडौं ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले स्कटल्याण्डमा खेल्ने त्रिकोणात्मक एकदिवसीय श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपाल, स्कटल्याण्ड र नामिबियाबीच हुने श्रृंखलाको तालिका सार्वजनिक गरेको हो । आईसीसीका अनुसार श्रृंखला जुलाईमा हुनेछ ।

खेल तालिकाअनुसार नेपालले पहिलो म्याच ११ जुलाईमा नामिबियाविरुद्ध खेल्नेछ । दोस्रो खेलमा नेपालको भेट घरेलु टोली स्कटल्याण्डविरुद्ध हुनेछ । उक्त खेल १३ जुलाईमा हुनेछ । नेपालले तेस्रो खेल १६ जुलाईमा नामिबियाविरुद्ध खेल्ने तालिका छ ।

सिरिजअन्तर्गत अन्तिम खेलमा नेपालले १७ जुलाईमा स्कटल्याण्डको सामना गर्नेछ । हाल नेपाली टिम अमेरिकामा छ । नेपाली टिम अमेरिकामा पनि विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय श्रृंखला खेल्दैछ । सिरिजअन्तर्गत पहिलो खेल नेपालले ९ जुनमा खेल्ने तालिका छ ।

Panacea Education

हालसम्म नेपालले विश्वकप लिग–२ मा १२ म्याच खेलेको छ । जसमा टिमले ६ मा जित र ६ खेलमा पराजय बेहोरेको छ । अहिले नेपाल अंक तालिकाको छैटौं स्थानमा छ । तालिकाको शीर्ष स्थानमा ओमान छ । सात टिमले प्रतिस्पर्धा गरिरहेको प्रतियोगिताको शीर्ष तीन टिमले आगामी वर्ष हुने वानडे विश्वकप छनोट खेल्न पाउने छन् ।

यस्तो छ खेल तालिका :

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.