Khabar Board
Flash logo up side
Nirbachan aayog

के साँच्चिकै नेपालले श्रीलंकाविरुद्ध खेल्न लागेको हो? यस्तो भन्छन् एन्फा महासचिव

Nirbachan m

काठमाडौं ।

एएफसी एसियन कप २०२३ छनोटअघि नेपाली टिमले अहिले कतारमा अभ्यास गरिरहेको छ । अभ्यासका क्रममा नेपालले मैत्रीपूर्ण म्याच पनि खेलिरहेको छ । नेपालले पहिलो मैत्रीपूर्ण खेलमा टिमोर लिस्टेविरुद्ध खेलिसकेको छ । २–० ले पछि परेको सो खेलमा नेपाल दोस्रो हाफमा खेलमा फर्कँदै २–२ को बराबरी गर्न सफल भएको थियो ।

नेपालले शुक्रबार ओमानविरुद्ध खेल्ने तालिका छ । साथै, अभ्यासका क्रममा नेपालले श्रीलंकाविरुद्ध पनि मैत्रीपूर्ण म्याच खेल्ने चर्चा छ । हाल श्रीलंकाको राष्ट्रिय टिमसमेत दोहामै अभ्यासरत छ । एन्फा महासचिव इन्द्रमान तुलाधरले अभ्यासको लागि तयारी भइरहे पनि पक्का नभइसकेको जानकारी गराए ।

‘दोहामा रहेको टिमले अभ्यासको लागि कुराकानी गरिरहेको छ । तर, पक्का भइसकेको छैन,’ महासचिव तुलाधरले समाचार एजेन्सी न्युजकारखानासँग भनेका छन् । एएफसी कपका लागि कतारमा अभ्यास पूरा गरेपछि नेपाली टिम कुवेत पुग्नेछ । समूह ‘बी’ मा रहेको नेपालले २५ जेठमा जोर्डन, २८ जेठमा कुवेत र ३१ जेठ इन्डोनेसियासँग खेल्नेछ । श्रीलंकासँगको खेलको मिति भने तय भएको छैन ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले एसियन कपका लागि गोलरक्षकमा दीप कार्की, विशाल सुनार, टिकेन्द्र सिंह थापालाई टिममा राखेका छन् । उनले डिफेन्डरमा विकास खवास, विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ र सुमन अर्याललाई टोलीमा स्थान दिएका छन् ।

त्यस्तै, अल्मुताइरीले मिडफिल्डरको रूपमा आकाश बुढा मगर, एरिक विष्ट, निरकुमार राई, पूजन उपरकोटी, रोशन राना मगर, सन्तोष तामाङ, सेसेहाङ आङ्देम्बे, सुनिल बल र सुरज ज्यू ठकुरीलाई मौका दिएका छन् । फरवार्डको रूपमा नवयुग श्रेष्ठ, मनिष डाँगी, आयुष घलान, दर्शन गुरुङ र जर्ज प्रिन्स कार्कीले टिममा अवसर पाएका छन् ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.