Khabar Board
Flash logo up side
Nirbachan aayog

यू-१९ विश्वकप छनोट खेल्ने नेपाली टोलीको बिदाइ, यस्तो छ खेल तालिका

Nirbachan m

काठमाडौं ।

आइसिसी यु-१९ महिला विश्वकप एसिया छनोटका लागि मलेसिया जाने नेपाली क्रिकेट टोलीलाई विदाई गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार एक कार्यक्रमकाबीच टोलीको विदाई गरेको हो । छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार छन् ।

तालिका अनुसार नेपालले ३ जुनमा कतारविरुद्धको खेलबाट छनोटको सुरुवात गर्नेछ । नेपालले दोस्रो खेल युएईविरुद्व ४ जुनमा खेल्दा ६ जुनमा भुटानसँग तेस्रो खेल खेल्नेछ । त्यस्तै, नेपालले ७ जुनमा थाइल्याण्डसँग चौथो खेल र ९ जुनमा मलेसियाविरुद्ध पाँचौँ तथा अन्तिम खेल्नेछ ।

Panacea Education

छनोटको शीर्ष स्थानमा रहने टोली अर्को वर्ष दक्षिण अफ्रिकामा हुने यू-१९ विश्वकपका लागि छनोट हुनेछ ।पहिलोपटक आयोजना हुन लागेको यू-१९ महिला विश्वकपमा १६ टोलीको सहभागिता रहनेछ । क्यानले कृतिका मरासनीको कप्तानीमा १४ सदस्यीय नेपाली टोली घोषणा गरिसकेको छ ।

नेपाली टोली : कृतिका मरासनी (कप्तान), स्नेहा महरा (उपकप्तान), मनीषा उपाध्याय, एलिसा यादव (विकेटकिपर), साना प्रविन, सृष्टि जैसी, आस्मा पुलामी मगर, सानु राजवंशी, किरण कुँवर, रञ्जु श्रेष्ठ (विकेटकिपर), मनीषा राना मगर, अञ्जली विक, अनु कडायत र सुस्मिता भुसाल ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.