Khabar Board
Flash logo up side
Nirbachan aayog

यू-१९ विश्वकप छनोट खेल्न मलेसिया जानुअघि यस्तो भन्छिन् कप्तान मरासिनी

Nirbachan m

काठमाडौं ।

आईसीसी यू–१९ महिला विश्वकपअन्तर्गत एसिया छनोटका लागि मलेसिया जाने नेपाली यू–१९ टोलीलाई मंगलबार बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार एक कार्यक्रमको आयोजना गरेर बुधबार मलेसियातर्फ जाने किशोरी टोलीको बिदाइ गरेको हो ।

टोलीलाई क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कोषाध्यक्ष रोशन सिंह लगायतको टोलीले बिदाई गरेको छ । बिदाईपछि बोल्दै नेपाली टोलीकी कप्तान कीर्तिका मरासिनीले शीर्ष टोली भएर विश्वकपमा स्थान बनाउने लक्ष्यका साथ तयारी गरेको र लक्ष्यमा पुग्ने प्रतिक्रिया दिइन् ।

‘पहिलोपटक आयोजना हुन लागेको प्रतियोगितामा सहभागी हुँदैछौँ । एक महिना लामो अभ्यास अन्तर्गत हामीले राम्रो तयारी गरेका छौं । राम्रो खेलेर छनोट हुने लक्ष्य राखेका छौँ’ उनले भनिन् ।

यसअघि क्यानले छनोटका लागि कीर्तिका मरासिनीको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरिसकेको छ । एक महिना लामो अभ्यास गरेको टोलीले राम्रो नतिजा निकाल्नेमा मुख्य प्रशिक्षक महेश रिजाल विश्वस्त छन् । ६ टिमले सहभागिता जनाएको प्रतियोगितामा शीर्ष टोली बन्दै नेपाल विश्वकपमा छनोट हुने मुख्य प्रशिक्षक रिजालले बताए ।

Panacea Education

‘एक महिना लामो अभ्यासमा हामीले गर्नुपर्ने मिहिनेत हामीले गरेका छौं । राम्रो नतिजा निकाल्नेमा आशावादी छौं । ६ टिमले सहभागिता जनाएको प्रतियोगितामा अग्र स्थानमा रहँदै छनोट हुने हाम्रो लक्ष्य छ’ उनले भने ।

मलेसियामा आयोजना हुने छनोटमा आयोजक मलेसियासहित नेपाल, संयुक्त अरब इमिरेट्स (यूएई), थाइल्याण्ड, भुटान र कतारले सहभागिता जनाउँदै छन् । नेपालले पहिलो खेल कतारसँग जुन ३ मा खेल्दै छनोटको सुरुवात गर्नेछ ।

नेपालले दोस्रो खेलमा युएईविरुद्ध जुन ४ मा प्रतिष्पर्धा गर्ने तालिका रहेको छ भने भुटानविरुद्ध जुन ६ मा खेल्नेछ । त्यस्तै नेपालले जुन ७ मा थाइल्याण्ड र जुन ९ मा मलेसियाविरुद्ध खेल्नेछ । शीर्ष स्थानमा रहने टोलीले दक्षिण अफ्रिकामा हुने टी–२० विश्वकपमा स्थान बनाउनेछ ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.