Khabar Board
Flash logo up side
Nirbachan aayog

अग्रता जोगाउन नसक्दा श्रीलंकासँग बराबरीमा रोकियो नेपाल

Nirbachan m

काठमाडौं ।

एएफसी एसियन कप छनोट प्रतियोगिताको तयारीका लागि कतारको दोहामा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले श्रीलंकाविरुद्ध पनि बराबरी खेलेको छ । गएराति सम्पन्न अनौपचारिक मैत्रीपूर्ण खेलमा नेपालले १–१ को बराबरी खेलेको हो ।

श्रीलंकाविरुद्ध नेपाललाई नवयुग श्रेष्ठले सुरुवाती अग्रता दिलाएका थिए । तर, सम्हालिन नसक्दा श्रीलंकाले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्यायो । श्रीलंकाका लागि मारियाथास निथर्शनले गोल गरेका थिए । वर्तमान समयमा फिफा वरियतामा नेपाल १६८ औं र श्रीलंका २०५ औं स्थानमा छ ।

Panacea Education

कतारमा नेपालको यो दोस्रो बराबरी हो । पहिलो मैत्रीपूर्ण खेलमा नेपालले टिमोर लिस्टेसँग २–२ गोलको बराबरी खेलेको थियो । नेपालले तेस्रो अभ्यास खेलमा २० जेठमा ओमानको सामना गर्ने तालिका छ । एएफसी एसियन कप छनोटको समूह ‘ए’ मा रहेको नेपालले जुन ८ देखि १४ सम्म आयोजक कुवेत, इन्डोनेसिया र जोर्डनसँग छनोट खेल खेल्ने छ ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले गत महिना क्याम्प छोड्ने १० खेलाडीलाई बाहिर राख्दै एसियन कप छनोट खेल्ने योजना बनाएका छन् । साथै, उनले अनुभवी गोलरक्षक किरण चेम्जोङलाई पनि टिममा स्थान दिएका छैनन् । अल्मुताइरीले टोलीको कप्तान नवयुग श्रेष्ठलाई दिएका छन् ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.