Khabar Board
Flash logo up side
Nirbachan aayog

नेदरल्याण्ड्समाथि वेष्ट इण्डिजको फराकिलो जित, होपले खेले शतकीय पारी

Nirbachan m

काठमाडौं ।

नेदरल्याण्ड्सविरुद्धको एकदिवसीय सिरिजको पहिलो खेलमा पाहुना टोली वेष्ट इण्डिज ७ विकेटले विजयी भएको छ । गएराति सम्पन्न खेलमा नेदरल्याण्ड्सले दिएको २४१ रनको लक्ष्य वेष्ट इण्डिजले ४३.१ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।

उसका लागि ओपनर शाई होपले शतकीय पारी खेले । १३० बलमा १२ चौका र दुई छक्का हिर्काएका उनले अविजित ११९ रन बनाए । एकदिवसीयमा होपको यो ११ औं शतक हो । त्यस्तै, शाम्रराह ब्रुक्सले ६०, ब्रेण्डन किंगले अविजित ५८ र कप्तान निकोलस पूरनले सात रनको योगदान दिए । नक्ररुम्हा बोन्नर भने शून्यमै आउट भए ।

नेदरल्याण्ड्सका लागि लोगानभान बीकले दुई र आर्यन दत्तले एक विकेट लिए । त्यसअघि एम्स्टेविनस्थित वीआरए ग्राउन्डमा टस हारेर ब्याटिङको मौका पाएको नेदरल्याण्ड्सले वर्षाका कारण ४५ ओभरमा झारिएको खेलमा ७ विकेट गुमाएर २४० रन बनायो ।

Panacea Education

उसका लागि तेजा निदामनुरुले अविजित ५८, विक्रमसिजत सिंहले ४७, म्याक्स ओदाउदले ३९, बासडी लीडेले १७, कप्तान पिटर सीलारले १४, स्कट इड्रवास, मुसा अहमदले १३/१३ र लोगानभान विकले ११ रन बनाए ।

वेष्ट इण्डिजका लागि अकिल होसेन, कायल मेयर्सले दुई/दुई, आदर्शन फिलिप, हेडन वाल्स र अल्जारी जोसेफले एक/एक विकेट लिए । यो जितसँगै तीन खेलको सिरिजमा वेष्ट इण्डिजले १–० को अग्रता बनाएको छ । वेष्ट इण्डिज–नेदरल्याण्ड्सबीचको दोस्रो खेल बिहीबार हुनेछ ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.