Khabar Board
Flash logo up side
Nirbachan aayog

३८ वर्षमा पनि चम्किँदैछन् कप्तान कोएट्जर, शतक बनाउँदै दिलाए स्कटल्याण्डलाई शानदार जित

Nirbachan m

काठमाडौं ।

आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा स्कटल्याण्ड विजयी भएको छ । ऊ गएराति सम्पन्न खेलमा यूएईविरुद्ध ४ विकेटले विजयी भएको हो । यूएईले दिएको २१६ रनको लक्ष्य स्कटल्याण्डले ४८ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो ।

उसका लागि ३८ वर्षीय कप्तान काइल कोएट्जरले शतकीय पारी खेले । १४२ बलमा अविजित १०८ रन बनाएका उनले १६ चौका प्रहार गरे । एकदिवसीयमा उनको यो पाँचौं शतक हो ।  माइकल लेस्कले ४७, कलुम म्याक्लियोडले २० र रिची बेरिङ्गटनले १३ रन जोडे ।

यूएईका लागि अहमद राजा र बसिल हमिदले दुई/दुई तथा जुनैद सिद्दीकी र चुन्दगापोयल रिजवानले एक/एक विकेट हात पारे । यसअघि अमेरिकाको पर्लल्याण्डस्थित च्वाइस मोसा स्टेडियममा टस जितेर ब्याटिङ रोजेको यूएईले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २१५ रन बनाएको थियो । उसका लागि चिराग सुरी र चुन्दगापोयल रिजवानले अर्धशतकीय पारी खेले ।

Panacea Education

सुरीले १२१ बलमा ६ चौकासहित ६९ रन जोडे । ५७ बलको सामना गर्दै ५५ रन बनाएका रिजवानले चार चौका प्रहार गरे । वृत्त अरविन्दले ३१, अलिशन शराफुले २२ र मोहम्मद वसिमले १३ रन जोडे । स्कटल्याण्डका लागि क्रिस सोलेले चार, एड्रियन निलले दुई तथा हाम्जा ताहिर र क्रिस ग्रिभ्सले एक/एक विकेट हात पार्दा एक विकेट रन आउटको रूपमा प्राप्त भयो ।

जितसँगै १९ खेलमा २८ अंक जोडेको स्कटल्याण्ड लिगको दोस्रो स्थानमा रहँदा पराजित यूएई समान खेलबाट २२ अंकका साथ तेस्रो स्थानमा छ । अब यूएईले बुधबार अमेरिका तथा स्कटल्याण्डले शुक्रबार यूएईकै सामना गर्ने तालिका छ । विश्वकप लिग–२ मा सात टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

लिगको ८१ म्याच सकिँदा अंक तालिकाको शीर्ष स्थानमा ओमान छ । नेपाल तालिकाको छैटौं स्थानमा छ । अहिलेसम्म १२ म्याच खेल्दा नेपालले समान ६ जित र हारको नतिजा निकालेको छ । यही प्रतियोगिताअन्तर्गत नेपालले केही दिनमा अमेरिकामा त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्दैछ । सिरिजमा नेपालले अमेरिकासँगै ओमानको सामना गर्नेछ ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.