Khabar Board
Flash logo up side
flash header

आकाश चोपडाले छाने विश्वकप खेल्ने भारतीय टोली, विराट-रोहित र ऋषभलाई दिएनन् मौका

Nirbachan m

काठमाडौं ।

भारतीय पूर्वक्रिकेटर तथा वर्तमान कमेन्टेटर आकाश चोपडाले टी–२० विश्वकपका लागि भारतीय टोली छनोट गरेका छन् । उनले आईपीएलको प्रदर्शनका आधारमा मात्रै टोली छनोट गरेका हुन् । चोपडाले छनोट गरेको विश्वकप टोलीमा विराट कोहली, रोहित शर्मा र ऋषभ पन्त जस्ता अनुभवी खेलाडीले मौका पाएका छैनन् ।

उनले आफ्नो युट्युब च्यानलमा एक भिडियो अपलोड गर्दै भारतको टी–२० टोली छनोट गरेका हुन् । विश्वकपका लागि यो टोलीमा उनले ती खेलाडीलाई मात्र चयन गरेका छन्, जसले आईपीएल २०२२ मा राम्रो प्रदर्शन गरेका थिए । चोपडाले टोली छनोट गर्दा खेलाडीको प्रतिष्ठालाई ख्याल नगरेको बताए ।

उनले हार्दिक पाण्ड्यालाई टोलीको कप्तान बनाएका छन् । हालै पाण्ड्याको कप्तानीमा गुजरात टाइटन्सले आईपीएल उपाधि जितेको थियो। उनले केएल राहुल र इशान किशनलाई ओपनरका रूपमा चयन गरेका छन् । तेस्रो नम्बरमा ब्याटिङ गर्न उनले सनराइजर्स हैदरावादबाट खेल्दा राम्रो प्रदर्शन गर्ने राहुल त्रिपाठीलाई छनोट गरेका छन् ।

Center article

आकाशले कृणाल पाण्ड्यालाई पनि आफ्नो टिममा छानेका छन् । उनले सञ्जु सामसनलाई पनि छनोट गरेका छन् । फिनिशरको रूपमा चोपडाले दिनेश कार्तिकलाई छनोट गरेका छन्। उनले बलिङमा युजवेन्द्र चहल, अर्शदीप सिंह, कुलदीप यादव, जसप्रित बुमराहलगायतलाई स्थान दिएका छन् । आसन्न सिजनको टी–२० विश्वकप १६ अक्टोबरदेखि सुरु हुने तालिका छ ।

टी–२० विश्वकपका लागि आकाशले छानेको विश्वकप टोली : केएल राहुल, इशान किशन, राहुल त्रिपाठी, सूर्यकुमार यादव, हार्दिक पाण्ड्या (कप्तान), दिनेश कार्तिक, क्रुणाल पाण्ड्या, युजवेन्द्र चहल, मोहम्मद शामी, आवेश खान, अर्शदीप सिंह, सञ्जु सामसन, दीपक हूडा, कुलदीप यादव, हर्षल पटेल र जसप्रित बुमराह।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.