Khabar Board
Flash logo up side
Nirbachan aayog

इटालीलाई हराउँदै अर्जेन्टिनाले जित्यो फाइनलिसिमाको उपाधि, बनायो नयाँ कीर्तिमान

Nirbachan m

काठमाडौं ।

इटालीलाई पराजित गर्दै फाइनलिसिमा–२०२२ को उपाधि अर्जेन्टिनाले जितेको छ । गएराति वेम्बली स्टेडियममा भएको खेलमा इटालीलाई ३–० गोल अन्तरले हराउँदै अर्जेन्टिनाले उपाधि जितेको हो । अर्जेन्टिनालाई जित दिलाउन लाउटरो मार्टिनेज, एन्जल डि मारिया र पाउलो डिबालाले एक–एक गोल गरे ।

खेलको २८ औं मिनेटमा मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफको थपगरिएको समयमा डि मारियाले टोलीको २–० को अग्रता दोब्बर बनाए । दोस्रो हाफको थप गरिएको समयमा डिबालाले गोल गर्दै अर्जेन्टिनालाई ३–० को सहज जित दिलाए ।

योसँगै अर्जेन्टिना ‘फाइनलिसिमा’ दोस्रोपटक विजेता बनेको छ । फाइनलिसिमाको यो तेस्रो संस्करण हो । यसको पहिलो संस्करण फ्रान्स तथा दोस्रो संस्करण अर्जेन्टिनाले जितेका थिए । सन् १९८५ मा फ्रान्सले उरुग्वेलाई २–० तथा सन् १९९३ मा अर्जेन्टिनाले डेनमार्कलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गरेका थिए ।

योसँगै अर्जेन्टिनाले इतिहास रचेको छ । उसले दोस्रोपटक फाइनलिसिमाको उपाधि जित्दै इतिहास रचेको हो । अब अर्जेन्टिना सर्वाधिक फाइनलिसिमाको उपाधि जित्ने टोली बनेको छ । फाइनलिसिमामा युरोकप च्याम्पियन र कोपा अमेरिका च्याम्पियनबीच प्रतिस्पर्धा हुने गर्छ ।

इटाली युरो च्याम्पियन हो भने अर्जेन्टिना कोपा च्याम्पियन हो । यस प्रतिस्पर्धाका लागि युरोपियन फुटबलको सर्वोच्च निकाय (यूइएफए) र दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय (कन्मेबोल) बीच तीन वर्षको सम्झौता भइसकेको छ ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.