Khabar Board
Flash logo up side
Nirbachan aayog

विश्वकप नजिक पुग्यो युक्रेनको फुटबल टोली, स्कटल्याण्डविरुद्धको जितपछि भावुक भए खेलाडी

Nirbachan m

काठमाडौं ।

युक्रेनले विश्वकप युरोपेली छनोटको फाइनलमा स्थान सुरक्षित गरेको छ । गएराति प्ले अफको सेमिफाइनलमा घरेलु टोली स्कटल्याण्डलाई ३–१ ले पराजित गर्दै युक्रेन विश्वकप नजिक पुगेको हो ।

अब युक्रेनले फाइनलमा आइतबार वेल्सको सामना गर्नेछ । यो खेलको विजेता विश्वकपमा छनोट हुनेछ । हाम्पडेन पार्कमा युक्रेनलाई जित दिलाउन एन्ड्री यार्मोलेन्को, रोमन यारेमचुक र अर्टिम डोभ्यकले गोल गरे ।

स्कटल्यान्डका कलुम म्याकग्रेगरले एक गोल फर्काए । खेलको ३३ औं मिनेटमा यार्मोलेन्कोले रुस्लान युक्रेनलाई अग्रता दिलाएका थिए । ४९ औं मिनेटमा यारेमचुकले गोल गर्दै पाहुना टोलीको अग्रता दोब्बर पारे ।

७९ औं मिनेटमा स्कटल्याण्डका म्याकग्रेगरले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । थप गरिएको समयमा डोभ्यकले गोल गरेपछि युक्रेनले ३–१ को सहज जित निकाल्यो । स्कटल्याण्डविरुद्धको जितपछि युक्रेनका खेलाडी निकै भावुक भए ।

देशको हालत निकै कठिन रहेको अवस्थामा टिम विश्वकप नजिक पुगेपछि युक्रेनी खेलाडी भावुक भएका हुन् । अहिले पनि युक्रेनमा रुसी सेनाको आक्र’मण जारी नै छ । यो खेल गत मार्चमै हुनुपर्ने भएपनि रसियाले युक्रेनमाथि आक्र’मण गरेपछि सारिएको थियो ।

इटालीलाई हराउँदै अर्जेन्टिनाले जित्यो फाइनलिसिमाको उपाधि, बनायो नयाँ कीर्तिमान

Panacea Education

इटालीलाई पराजित गर्दै फाइनलिसिमा–२०२२ को उपाधि अर्जेन्टिनाले जितेको छ । गएराति वेम्बली स्टेडियममा भएको खेलमा इटालीलाई ३–० गोल अन्तरले हराउँदै अर्जेन्टिनाले उपाधि जितेको हो । अर्जेन्टिनालाई जित दिलाउन लाउटरो मार्टिनेज, एन्जल डि मारिया र पाउलो डिबालाले एक–एक गोल गरे ।

खेलको २८ औं मिनेटमा मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफको थपगरिएको समयमा डि मारियाले टोलीको २–० को अग्रता दोब्बर बनाए । दोस्रो हाफको थप गरिएको समयमा डिबालाले गोल गर्दै अर्जेन्टिनालाई ३–० को सहज जित दिलाए ।

योसँगै अर्जेन्टिना ‘फाइनलिसिमा’ दोस्रोपटक विजेता बनेको छ । फाइनलिसिमाको यो तेस्रो संस्करण हो । यसको पहिलो संस्करण फ्रान्स तथा दोस्रो संस्करण अर्जेन्टिनाले जितेका थिए । सन् १९८५ मा फ्रान्सले उरुग्वेलाई २–० तथा सन् १९९३ मा अर्जेन्टिनाले डेनमार्कलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गरेका थिए ।

योसँगै अर्जेन्टिनाले इतिहास रचेको छ । उसले दोस्रोपटक फाइनलिसिमाको उपाधि जित्दै इतिहास रचेको हो । अब अर्जेन्टिना सर्वाधिक फाइनलिसिमाको उपाधि जित्ने टोली बनेको छ । फाइनलिसिमामा युरोकप च्याम्पियन र कोपा अमेरिका च्याम्पियनबीच प्रतिस्पर्धा हुने गर्छ ।

इटाली युरो च्याम्पियन हो भने अर्जेन्टिना कोपा च्याम्पियन हो । यस प्रतिस्पर्धाका लागि युरोपियन फुटबलको सर्वोच्च निकाय (यूइएफए) र दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय (कन्मेबोल) बीच तीन वर्षको सम्झौता भइसकेको छ ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.