काठमाडौं ।
वेष्ट इण्डिजबीचको एकदिवसीय सिरिजमा नेदरल्याण्ड्सले शतकीय साझेदारी गरेको छ । घरेलु टोली नेदरल्याण्ड्सले सिरिजको दोस्रो खेलमा पहिलो विकेटका लागि १०२ रनको साझेदारी गरेको हो । वेष्ट इण्डिजविरुद्ध नेदरल्याण्ड्सको कीर्तिमानी साझेदारी हो ।
यसअघि उसले वेष्ट इण्डिजविरुद्ध कुनै पनि प्रारूपमा शतकीय साझेदारी गरेको थिएन । भिराए ग्राउन्ड एम्स्टेलविनमा टस जितेर ब्याटिङ रोजेको नेदरल्याण्ड्सलाई ओपनरद्वय म्याक्स ओदाउद र विक्रमजित सिंहले उत्कृष्ट सुरुवात दिलाए । सिंहले २०.३ ओभरमा आउट हुनुअघि सिंहले ५८ बलमा पाँच चौका र एक छक्कासहित ४६ रन बनाए ।
त्यस्तै, क्याक्सले यो समाचार तयार पार्दासम्म ७६ बलमा तीन चौका र एक छक्काको सहयोगमा ५१ रन बनाएर खेलिरहेका छन् । सिरिजमा जीवितै रहन नेदरल्याण्ड्सले आजको खेल जित्नैपर्ने हुन्छ । पहिलो खेलमा ऊ ७ विकेटले पराजित भएको थियो ।
नेपाल र अल स्टार्सबीचको खेल आज, यसरी हेर्न सकिनेछ ‘लाइभ’
अमेरिका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज अभ्यास म्याच खेल्दैछ । नेपालले पहिलो अभ्यास खेलमा नेपाली अल स्टार्सविरुद्ध खेल्न लागेको हो । यी दुई टोलीबीचको खेल राति ८ः४५ बजेदेखि सुरु हुनेछ ।
नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजअघि अभ्यास म्याच खेल्न लागेको हो । नेपाली अल स्टार्स टोलीमा नेपाली राष्ट्रिय टिमबाट खेलिसकेका बसन्त रेग्मी र पृथु बाँस्कोटा पनि छन् । पृथु टिमका कप्तानसमेत हुन् ।
पृथु र बसन्तसहित अल स्टार्स टोलीमा अर्का नेपाली खेलाडी कनिष्क चौगाईं, इण्डियन प्रिमियर लिग खेलिसकेका विपुल शर्मा, हरमित सिंह, समित पटेल, न्यूजिल्याण्डका कोरी एन्डरसन, दक्षिण अफ्रिकाका एन्ड्रे गोएज, क्यानडाका नितिश कुमार, पाकिस्तानका मोहम्मद इल्यास, अमेरिकाबाट खेलिसकेका आदिल भाटीलगायतका खेलाडी छन् ।
नेपालले दोस्रो अभ्यास खेलमा शनिबार ह्युस्टन हरिकेन्सको सामना गर्नेछ । अभ्यास खेलपछि नेपालले त्रिकोणात्मक सिरिज खेल्नेछ । सिरिजमा नेपालले अमेरिका र ओमानविरुद्ध प्रतिस्पर्धा गर्नेछ । नेपालले सिरिजको पहिलो खेल ९ जुनमा ओमानविरुद्ध खेल्ने तालिका छ । नेपाल र नेपाली अल स्टार्सबीचको खेल युट्युबमा एमसिएल नेटवर्क (MCL Network) मा हेर्न सकिनेछ ।
अल स्टार्सविरुद्ध नेपालको सम्भावित प्लेइङ–११ : सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी (विकेटकिपर), आदिल अन्सारी, करण केसी, सोमपाल कामी, किशोर महतो र सुशान भारी ।