काठमाडौं।
अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो एकदिवसीय अभ्यास खेलमा नेपाली अल स्टार्ससँग पहिला ब्याटिङको मौका पाएको छ । खेल अमेरिकाको ह्युस्टनमा रहेको पेरिरी भ्यू क्रिकेट कम्प्लेक्समा ९ः१५ देखि सुरु भएको छ । नेपालले विश्वकप लिग–२ अघि तयारी स्वरूप दुई अभ्यास खेल खेल्न लागेको हो ।
अल स्टार्सको टोलीमा पृथुसँगै वसन्त रेग्मी र आइपिएल अनुभवी विपुल शर्मालगायत खेलाडी छन् । नेपालले आजको खेलमा दीपेन्द्रसिंह ऐरीलाई प्लेइङ–११ मा राखेको छैन । नेपालले दोस्रो अभ्यास खेलमा शनिबार ह्युस्टन हरिकेन्सको सामना गर्नेछ । अभ्यास खेलपछि नेपालले त्रिकोणात्मक सिरिज खेल्नेछ ।
सिरिजमा नेपालले अमेरिका र ओमानविरुद्ध प्रतिस्पर्धा गर्नेछ । नेपालले सिरिजको पहिलो खेल ९ जुनमा ओमानविरुद्ध खेल्ने तालिका छ । नेपाल र नेपाली अल स्टार्सबीचको खेल युट्युबमा एमसिएल नेटवर्क (MCL Network) मा हेर्न सकिनेछ ।
नेपालको प्लेइङ–११ : सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, देव खनाल, रोहित पौडेल, आरिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, सागर ढकाल, विनोद भण्डारी र आदिल अन्सारी ।