Khabar Board
Flash logo up side
flash header

करन र नारायणले गरे चौका/छक्काको वर्षा, दिलाए टिमलाई फराकिलो जित

Nirbachan m

काठमाडौं ।

इंग्ल्याण्डमा जारी टी–२० ब्लास्ट प्रतियोगितामा युवा स्टार क्रिकेटर साम करनले शानदार अलराउन्ड प्रदर्शन गरेका छन्। ब्याटिङमा ३८ बलमा पाँच छक्का र पाँच चौकासहित ६९ रन बनाएका उनले बलिङमार्फत ४ ओभरमा ३० रन दिएर ५ विकेट लिए ।

सरे टिमबाट खेलिरहेका करनले गएराति सम्पन्न खेलमा ह्याम्पशायरविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै टिमलाई ७२ रनको फराकिलो जित दिलाए । उनको उत्कृष्ट पारीको मद्दतमा टस हारेर ब्याटिङको मौका पाएको सरेले २० ओभरमा ४ विकेट गुमाएर २२८ रन बनायो ।

करनको ६९ बाहेक विल ज्याक्सले ३६ बलमा पाँच छक्का र चार चौकाको मद्दतमा ६४ रनको योगदान दिए । त्यस्तै, सुनिल नारायणले २३ बलमा पाँच चाका र चार छक्काको सहयोगमा ५२ रनको आक्रामक पारी खेले । लउरी इभन्स २५ र किरण पोलार्ड १२ रनमा अविजित रहे । जेसन रोय एक रनमै आउट भए ।

Center article

बलिङमा लियाम डसनले तीन र क्रिस उडले एक विकेट लिए । २२९ रनको लक्ष्य पछ्याएको ह्याम्पशायरले १८.५ ओभरमा सबै विकेट गुमाएर १५५ रन मात्र बनाउन सक्यो । उसका लागि जेम्स फुलरले ४३, बेन म्याक्डमोर्टले २९, टम प्रेस्टले २३ र क्रिस उडले अविजित १७ रन बनाए ।

बलिङमा सेयरका साम करनले ४ ओभरमा ३० रन दिँदै सर्वाधिक पाँच विकेट लिए । त्यस्तै, रीसी टोप्लेले दुई, डानियल वरल, क्रिस जोर्डन र सुनिल नारायणले एक/एक विकेट लिए । जारी प्रतियोगितामा सरेको यो लगातार तेस्रो जित हो । ऊ ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । ह्याम्पशायर चार खेलमा चारवटै हार्दै तालिकाको पुछारमा छ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.