Khabar Board
Flash logo up side
Nirbachan aayog

हरभजनले छाने आफ्नो बेस्ट आईपीएल–११, यी खेलाडीलाई दिए मौका

Nirbachan m

काठमाडौं ।

भारतीय टोलीका पूर्वअफ स्पिनर हरभजन सिंहले आईपीएल २०२२ को प्लेइङ इलेवन छनोट गरेका छन् । यो टोलीमा उनले राहुल त्रिपाठी र उमरान मलिकलाई पनि स्थान दिएका छन् । यी दुई खेलाडीले आईपीउल २०२२ मा सनराइजर्स हैदराबादका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए ।

हरभजन सिंहले हार्दिक पाण्ड्यालाई कप्तान बनाएका छन् । स्पोर्ट्सकीडामा कुराकानीको क्रममा हरभजनले आफ्नो आईपीएल प्लेइङ–११ चयन गरेका हुन् । उनले राजस्थान रोयल्सका जोस बटलर र लखनउ सुपर जायन्ट्सका कप्तान केएल राहुललाई ओपनरका रूपमा चयन गरेका छन्।

बटलर आईपीएल २०२२ मा सर्वाधिक रन बनाउने खेलाडी थिए। अर्कोतर्फ, केएल राहुल दोस्रो सर्वाधिक रन बनाउने खेलाडी बने । हरभजनले सनराइजर्स हैदरावादका राहुल त्रिपाठीलाई तेस्रो नम्बरमा छनोट गरेका छन् । उनले गत सिजन १४ खेलमा ४१३ रन बनाएका थिए । पाँचौं नम्बरमा उनले पञ्जाब किंग्सका अलराउन्डर लियाम लिभिङस्टोनलाई छनोट गरेका छन् ।

Panacea Education

हरभजनले दिनेश कार्तिकलाई टोलीको विकेटकिपररूको रूपमा प्लेइङ–११ मा राखेका छन् । उनले आन्द्रे रसेललाई पनि छनोट गरेका छन् । बलिङको कुरा गर्दा उनले युजवेन्द्र चहल र राशिद खानलाई स्पिनरका रूपमा चयन गरेका छन् । तीव्र गतिको बलरमा हरभजनले उमरान मलिक र जोस हेजलवुडलाई स्थान दिएका छन् । हरभजनले मोहम्मद शमीलार्य वैकल्पिक खेलाडीको रूपमा प्लेइङ–११ मा समावेश गरेका छन् ।

हरभजन सिंहको आईपीएल प्लेइङ इलावेन : केएल राहुल, राहुल त्रिपाठी, लियाम लिभिङस्टोन, हार्दिक पाण्ड्या (कप्तान), दिनेश कार्तिक, आन्द्रे रसेल, युजवेन्द्र चहल, राशिद खान, उमरान मलिक, जोस हेजलवुड र मोहम्मद शामी (१२ औं खेलाडी) ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.