Khabar Board
Flash logo up side
Nirbachan aayog

झापाले जित्यो ‘सी’ डिभिजन लिगको उपाधि, कति पायो पुरस्कार?

Nirbachan m

काठमाडौं ।

‘सी’ डिभिजन लिगको उपाधि झापा फुटबल क्लबले जितेको छ । शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको अन्तिम खेलमा स्वयम्भू क्लबलाई ४–२ गोलले पराजित गर्दै झापाले उपाधि जितेको हो । च्याम्पियन बनेको झापा अन्तिम खेलअघि नै बी डिभिजनमा बढुवा भएको थियो ।

झापाले सी डिभिजनको १३ खेल मध्ये ११ खेलमा जित निकाल्यो भने समान १-१ खेलमा बराबरी र हार बेहोर्‍यो ।
उपाधिसँगै झापाले १० लाख रुपैयाँ प्राप्त गरेको छ । यता आजै भएको खेलमा जित निकाल्दै प्लानिङ ब्वाइज युनाइटेड बी डिभिजनमा बढुवा थियो। लिगको आफ्नो अन्तिम खेलमा ओएसिस क्लबलाई ५-० गोलले पराजित गर्दै प्लानिङ दोस्रो डिभिजनमा बढुवा भएको हो ।

काठमाडौंको प्लानिङ ब्वाइज २०६७ सालमा स्थापना भएको क्लब हो । स्थापना भएको दोस्रो वर्षमै प्लानिङ ब्वाइज सी डिभिजनमा पुगेको थियो । त्यसयता लगातार सी डिभिजनमा प्रतिस्पर्धा गरेको प्लानिङलाई बी डिभिजनमा पुग्न ११ वर्ष लाग्यो । यता गत वर्ष सी डिभिजन पुगेको आरसी-३२ को बी डिभिजनमा पुग्ने लक्ष्य भने पूरा हुन सकेन ।

अन्तिम खेलमा आरसी-३२ ले स्पोर्ट्स एकेडेमी साँगासँग गोलरहित बराबरी खेल्यो । अन्तिम खेलअघि प्लानिङले ३१ अंक जोड्दा आरसी-३१ ले २९ अंक मात्र जोड्न सक्यो । प्लानिङले १३ मध्ये ९ खेलमा जित र ४ खेलमा बराबरी खेल्यो । सिजनको डिभिजनमा अपराजित रहने प्लानिङ एक्लो टिम बन्यो ।

आरसी-३२ ले १३ मध्ये ९ खेलमा जित निकाल्दा २-२ खेलमा हार र बराबरी खेल्यो । आरसी ३२ ले तेस्रो स्थानमै चित्त बुझायो । महावीर क्लबले फेयर प्लेको अवार्ड पायो । सी डिभिजन लिगबाट वीरगन्ज युथ एकेडेमी र ओएसिस क्लब भने रेलिगेशनमा परे ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.