Khabar Board
Flash logo up side
Nirbachan aayog

आफू कप्तानीको नेपाली अल स्टार्सले नेपाललाई नै हराएपछि यस्तो भन्छन् पृथु

Nirbachan m

काठमाडौं ।

बिहीबार राति भएको नेपालविरुद्धको खेलमा नेपाली अल स्टार्स टिम ४ विकेटले विजयी भयो । खेलमा अल स्टार्सको कप्तानी नेपाली क्रिकेटर पृथु बाँस्कोटाले गरिरहेका थिए । खेलमा आफू शून्यमै आउट भए पनि उनले कप्तानीबाट प्रभावित पारे ।

पृथु नेतृत्वको अल स्टार्सले नेपाली टिमलाई ४५.५ ओभरमा १९० रनमै समेट्यो । नेपाललाई हराएपछि उनले प्रतिक्रिया दिएका छन् । उनले सुरुवातमै भनेका छन्, ‘नेपालविरुद्ध खेल्ने कल्पना पनि गरेको थिइन । त्यो पनि अमेरिकामा प्राक्टिस म्याच, क्याप्टेन्सीको साथमा । कल्पना नै नगरेको कुरा भयो ।’

अब नेपाली टिममा पृथु बाँस्कोटालाई देख्न पाइने सम्भावना कति? यो प्रश्नमा उनले जवाफ दिन्छन्, ‘सम्भावना छ, यहाँ पनि क्रिकेट नै खेलिरहेको छु । यहाँका प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेर कमब्याक गर्ने अवसर पनि हुनसक्छ । राष्ट्रिय टिममा पर्नका लागि मैले राम्रो खेल्नुपर्यो, कोचहरूको आँखामा पर्नुपर्यो ।’ पृथुले आफू अहिले पूर्णरूपमा फिट रहेको पनि बताए ।

त्यस्तै,  भेट्रान स्पिनर बसन्त रेग्मी कुनै बेला नेपाली राष्ट्रिय क्रिकेट टोलीका महत्वपूर्ण सदस्य थिए । उनीबिना टिमको प्रदर्शन कमजोर हुन्थ्यो । बसन्तले धेरैपटक एक्लैले पनि खेल जिताएका छन् । ‘संकट मोचक’को उपमा पाएका उनी पनि हाल भने अमेरिकामा छन् । लामो समय राष्ट्रिय टिम बाहिर रहे पनि बसन्त अमेरिकामा विभिन्न क्लबबाट भने क्रिकेटमा सक्रिय नै छन् ।

यसैबीच, उनले शुक्रबार राति नेपाली अल स्टार्सको प्रतिनिधित्व गर्दै नेपालविरुद्ध क्रिकेट खेल्ने मौका पाए ।बसन्तले नेपालविरुद्ध नै क्रिकेट खेलौंला भनेर कल्पनासमेत गरेका थिएनन् । तर, उनलाई कल्पना नै नगरेको क्षणको अनुभूति गरे ।

Panacea Education

बसन्तले नेपालविरुद्धको खेलमा ५ ओभरमा एक मेडनसहित १७ रन खर्चिएका थिए । धेरै समर्थकले अहिले पनि उनलाई राष्ट्रिय टिममा देख्न चाहेका छन् । यो विषयमा बसन्तले अमेरिकामा रहेका पत्रकारसँग कुराकानी पनि गरेका छन् । र, उनले तत्काल नेपाल फर्कने–नर्फने सम्भावनाबारे पनि खुलासा गरेका छन् ।

‘तुरुन्तै नेपाल फर्कने प्लान चाहिँ छैन । नेपालमा गेम हुन लागेको रैछ– नेपाल प्रिमियर लिग । अवश्य पनि त्यो खेल्न आउने सोच छ । प्लस राम्रो गर्दै गए भने टिमले राम्रो देख्नुभयो भने अवश्य पनि नेपालका लागि खेल्ने सम्भावना बोकेर हिँडेको छु,’ बसन्तले भने ।

उनले नेपाली टिमलाई आगामी खेलको शुभकामना पनि दिए । बसन्तले टिममा रहेका नयाँ खेलाडी पनि प्रतिभावान रहेकाले उनीहरूलाई प्रशस्त अवसर र साथ दिनुपर्ने बताए । साथै, उनले आफू राष्ट्रिय टिमलाई योगदान दिन सधैं तयार रहेको पनि बताए ।

‘म कहिले पनि नेपाली टिमबाट बाहिर भएको महसुस गरेको छैन । टिमलाई जहिलो पनि मेरो शुभकामना र सुभेच्छा रहन्छ । मेरो तर्फबाट हुनसक्ने योगदान दिनका लागि म सधैं तयार छु,’ बसन्तले भने, ‘टिमबाटै खेलेर पनि सबै कुरा हुँदैन । टिमले सुझावसल्लाह लिन चाहे भने म तयार छु । म कमब्याक भनेर सोच्दिन । खेल्दै र राम्रो गर्दैजान्छु भने अवश्य पनि ठाउँ बन्छ । खेलमा उमेरको कुरा आउँछ । तपाई फिट र खेल्न सक्नुहुन्छ उमेरले केही अर्थ राख्दैन ।’

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.