Khabar Board
Flash logo up side
Nirbachan aayog

उमरान मलिकबारे पाकिस्तानी स्टार बलर भन्छन्– गति मात्र ठूलो कुरा होइन

Nirbachan m

काठमाडौं ।

आईपीएल २०२२ मा दुई तीव्र गतिका बलर चर्चामा आए । यसपालिको आईपीएलमा सनराइजर्स हैदरावादका उदीयमान तीव्र गतिका उमरान मलिक र गुजरात टाइटन्सका बलर लकी फर्ग्युसन चर्चामा रहे । यी दुई बलरहरू बीच सबैभन्दा छिटो बलिङ गर्ने प्रतिस्पर्धा थियो । र, अन्तमा फर्गुसनले सिजनको सबैभन्दा छिटो बल गर्दै जित हासिल गरे ।

उनले राजस्थान रोयल्सविरुद्धको फाइनलमा १५७.३ किलोमिटर प्रतिघण्टाको गतिमा बलिङ गर्दै कीर्तिमान बनाए । योसँगै फर्गुसन आईपीएल इतिहासमा सर्वाधिक छिटो बल फ्याक्ने दोस्रो बलर बनाए । तर, आईपीएल २०२२ मा उमरान मलिक निकै चर्चामा रहे ।

शानदार गतिका साथ उत्कृष्ट बलिङ गरेपछि उनी भारतीय टिममा पनि अटाएका छन् । यसैबीच, उमरानको बलिङ गतिको विषउमा पाकिस्तानका वर्तमान स्टार तीव्र बलर शाहिन अफ्रिदीले प्रतिक्रिया दिएका छन् । एक कार्यक्रममा उनलाई सोधिएको थियो– उमरानको गतिको विषयमा तपाइको प्रतिक्रिया के छ?

Panacea Education

जवाफमा अफ्रिदीले भनेका छन्, ‘यदि तपाइँसँग लाइन एण्ड लेन्थ र स्विङ छैन भने गतिले तपाइँलाई मद्दत गर्न सक्दैन ।’ अफ्रिदीले भनेजस्तै उमरानले आईपीएल २०२२ मा विकेट लिए पनि उनी लाइन एण्ड लेन्थमा चुकेका थिए । र, केही खेलमा उनी महँगा सावित भएका थिए ।

मलिकले यो सिजनमो आईपीएलमा १४ खेलमा ९.०३ को इकोनमीमा २२ विकेट लिए । उनी यो सिजनमा सर्वाधिक विकेट लिने बलरको चौथो नम्बरमा रहे । शीर्षमा रहेका राजस्थानका युजवेन्द्र चहलले सर्वाधिक २७ विकेट लिए । त्यस्तै, वानिन्दु हसरंगाले २६ र कागिसो रबाडाले २३ विकेट लिन सफल भए ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.