Khabar Board
Flash logo up side
flash header

युवा खेलाडीको उत्कृष्ट प्रदर्शनका बाबजुद ओमानसँग नेपाल पराजित

Nirbachan m

काठमाडौँ ।

नेपाल मैत्रीपूर्ण अभ्यास खेलमा पराजित भएको छ । नेपाल कतारको सुहिम बिन हामद स्टेडियममा गएरातिको खेलमा ओमानसँग २-० ले पराजित भएको हो । ओमानलाई जित दिलाउन ओमार अल मलिकी र इशाम अल सुभीले एक / एक गोल गरे ।

मलिकीले पहिलाे हाफकाे थप गरिएकाे समय तथा सुभीले ९० औं मिनेटमा गाेल गरेका थिए । एएफसी एसियन कप छनोटकाे तयारीका लागि दोहामा रहेको नेपालले तेस्रो अभ्यास खेलमा ओमानकाे सामना गरेकाे हाे । ओमानविरुद्ध हार बेहोरे पनि नेपालको प्रदर्शन ठिकठाक रह्यो । विगतमा ओमानविरुद्ध फराकिलो हार बेहोरेको नेपालले यसपालि युवा खेलाडी रहेको टोलीले कडा टक्कर दियो ।

Center article

ओमानले दुवै गोल थपिएको गरिएको समयमा गरेको हो । उसले पहिलो गोल पहिलो हाफको अतिरिक्त र दोस्रो गोल थपिएको अन्तिम समयमा गर्न सफल भयो । खेल अवधिभर १६८ औं स्थानमा रहेको नेपालले फिफा वरियताको ७५ औं स्थानमा रहेको ओमानलाई कडा चुनौती दियो ।

यसअघि नेपालले टिमोर लिस्टेको यू-२३ टोलीसँग २-२ तथा श्रीलंकासँग १-१ को बराबरी खेलेको थियो । नेपाली टोली कतारबाटै छनोटका लागि कुवेत जानेछ । छनोटको समूह ‘ए’ मा नेपाल, कुवेत, इन्डोनेसिया र जोर्डन छन् ।
छनोट खेलहरू जुन आठदेखि १४ सम्म हुनेछ । नेपालले ८ जुनमा जोर्डनसँग खेल्दै छनोटको सुरुवात गर्नेछ । यस्तै, नेपालले ११ जुनमा कुवेत र १४ जुनमा इन्डोनेसियाको सामना गर्नेछ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.