Khabar Board
Flash logo up side
Nirbachan aayog

बेल्जियममाथि नेदरल्याण्ड्सले गर्‍यो गोलको वर्षा, यी खेलाडी बने जितको ‘हिरो’

Nirbachan m

काठमाडौं ।

यूईएफए नेसन्स लिगमा बेल्जियमविरुद्ध नेदरल्याण्ड्सले फराकिलो जित निकालेको छ । गएराति सम्पन्न खेलमा उसले बेल्जियममाथि ४–१ को फराकिलो जित निकालेको हो । नेदरल्याण्ड्सको जितमा मेम्फिस डिपाय नायक रहे । उनी एक्लैले दुई गोल गर्नस फल भए ।

पहिलो हाफको अन्त्यमा स्टिभन बर्गविनले गोल गर्दै नेदरल्याण्ड्सलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको सुरुवातमा नै डिपायले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । ६१ औँ मिनेटमा डेन्जेल डम्ब्राइजले तेस्रो गोल गरे । लगत्तै डेपायले अर्को गोल गर्दै टोलीको जित पक्का गरे ।

इन्जुरी समयमा मिचु बात्सुयेयीले बेल्जियमका लागि सान्त्वना गोल गरे । खेलमा बेल्जियमले रोमेलु लुकाकुलाई घाइते हुँदै गुमाएको थियो । यो समूहमा पोल्याण्ड र वेल्स पनि रहेका छन् । त्यस्तै, साविक विजेता फ्रान्स नेसन्स लिगको आफ्नो पहिलो खेलमा डेनमार्कसँग स्तब्ध भएको छ ।

Panacea Education

फ्रान्स २–१ गोल अन्तरले पराजित भएको हो । स्टाडे फ्रान्समा खेलिएको खेलमा अग्रता भने फ्रान्सले लिएको थियो । खेलको ५१ औँ मिनेटमा करिम बेन्जेमाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, डेनमार्कका सब्सिटिट्युट आन्द्रेयस कोर्निलियसले दुई गोल गोल गर्दै टोलीलाई जीत दिलाए ।

उनले खेलको ६८ र ८८ औँ मिनेटमा गोल गरेका थिए । खेलमा फ्रान्सले किलियान एम्बाप्पे र राफायल भरानलाई घाइते हुँदै गुमाएको थियो । समूहको अर्को खेलमा अस्ट्रियाले क्रोएसियालाई ३–० गोलले हरायो ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.